यातायातमा कडाइ गर्दा ९ जना पक्राउ आन्दोलनकारी लछारपछार(भिडियो सहित )

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

 

 

धरान । प्रदेश १ बन्दको क्रममा धरानमा नागरिक उन्मुक्तिका कार्यकर्ता ९ जना पक्राउ गरिएको छ । आन्दोलनकारी महिला सिर्जना बेघालाई प्रहरीले लछारपछार गर्दै दुव्र्यवहार गरेको छ ।

धरानको उत्तर धनकुटा प्रवेश जिरोपोइन्टमा यातायात रोक्ने क्रममा त्यसक्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीका १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको कुरा पार्टीका नेता देउमान लिम्बुले जानकारी दिए । उनले आरसि फुलाहाङ,टिआर लिम्बु,रमेश राई सहित कार्यकर्ता पक्राउ गरेको जानकारी दिए । उन्मुक्तिका नेता अमर इजमले पक्राउ गरेका १५ जनामा अन्यलाई प्रहरीको गाडिबाट तानेर राखेको दाबि गरे । पक्राउ परेका ९ जना रमेश राई, चन्द्रमाया लिम्बु, अमित राई, बिस्णु तिगेला, पदम तामाङ, महेन्द्र गुरुङ, शिब सुब्बा इस्बो, सागर धामी र टिएन सुब्बा रहेको जानकारी प्राप्त भएकोछ । शसस्त्र प्रहरी सहित आएर शान्तिपुर्ण आन्दोलन गर्दा धरपकड गर्दै आफ्ना युवा कार्यकर्तालाई पक्राउ गरेको लिम्बुले जानकारी दिए ।

आज बन्दको दोस्रो दिन आन्दोलनकारीले बन्दलाई थप कडाइ गरिएको छ । धरान प्रवेश गर्ने दक्षिणी भेग तिनकुनेमा बन्दकर्ताले बिहानैदेखि यातायात अवरुद्ध गरेको छ । अघिल्लो दिन तिनकुने हुँदै इटहरीतर्फ सवारी निक्कै गएको भन्दै १ गते कडाई गरिएको आन्दोलनकारीले जानकारी दिए ।
अघिल्लो दिन लोकतान्त्रिक चौतारी आसपास केन्दृत रहेको आन्दोलनकारी चारैतिरको नाकामा केन्दृत रहेको देखिन्छ । लोकतान्त्रिक चौतारी वरपर आन्दोलनकारी पातलो उपस्थिति रहेको मौका पार्दै धरपकड बढाएको आन्दोलनकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित