धरान । नेकपा एमालेको संकल्प यात्राको बहानामा प्रदेश १ का पहिचानबादिलाई धरपकड गर्दै बिच्काउने काम भएको छ ।
आज मध्यरात १ बजेको समयमा पान्थर याङ्वरक थर्पुबाट प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष समितिका संयोजक दिलकुमार लक्सम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च याङ्वरक गाउँपालिका अध्यक्ष पोलस्टार तावालाई गिरफ्तार गरिएको जनाएको छ । उनीहरुलाई आधारातमा ओछ्यानबाट नै प्रहरीहरुले बलपूर्वक गिरफ्तार गरेको जनाएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन मध्यरातमा प्रहरीले पक्राउ गरेको भन्दै रिहाईको माग गरिएको छ । नेकपा एमालेको संकल्प यात्राको बहानामा प्रदेश १ को जनतालाई चिड्याउने बिच्काउने गरिएको संघर्ष समितिको दाबि । यात्राका क्रममा खोटाङ भोजपुर धनकुटाबाट धेरैजनालाई गिरफ्तार गरिएको छ । गिरफ्तार गरिएकोलाई रिहाई गर्नुको सट्टा म्याद थप गरिएको छ ।
यात्राका क्रममा लेगुवामा केपि ओलिमाथि हमला भएको छ । महेश राईले केपि ओलिलाई मुक्का प्रहार भएको छ । मुक्का प्रहार भएको भिडियो सामाजिक संजालमा यतिबेला भाइरल छ । तस्बिर फाइल
Discussion about this post