धरान । अनलाइन मिडिया एसोसिएसन नेपालको आयोजना र धरान उपमहानगरपालिकाको सहयोगमा आधारभुत पत्रकारीता तालिम शुरु भएको छ ।
धरान १० स्थित किराया भवन यलम्बर संग्राहलयमा बुधवारदेखि संचालनमा आएको छ । एसोसिएसन धरान उपमहानगरमा आधिकारिक रुपमा दर्ता भएसंगै त्यसमा आवद्ध भएका संचारकर्मिहरुलाई लक्षित गर्दै तालिम संचालन गरिएको हो । विषेशगरि पछिल्लो समयमा डिजिटल पत्रकारितामा आकर्षण बढिरहेको अवस्थामा त्यसलाई थप व्यावस्थापन गर्न र पत्रकारीतासम्बन्धि आचारसंहिता समेतको ज्ञान दिने उदेश्यले यस पत्रकारीता तालिम संचालन गरिएको कुरा एसोसिएसनका अध्यक्ष स्वर्णिमहाङ लिम्बुले जानकारी दिए ।
पहिलो दिनमा जम्मा ३५ जना सहभागी रहेको कुरा एसोसिएसनका सचीव अशोक बिकले जानकारी दिए । तालिममा मुख्य प्रशिक्षकका रुपमा अग्रज पत्रकार गोपाल देवानबाट प्रशिक्षण दिएको थियो । त्यसैगरी दोस्रो दिन साइबर प्रशिक्षण सम्बन्धि कक्षा लिनका लागि प्रहरी नायब निरीक्षक निर्मल तामाङ आउने कुरा एसोसिएसनले जानकारी दिए ।
प्रशिक्षणका बिचमा पत्रकारिता सम्बन्धी अनुभव आदानप्रदान गर्न अग्रज पत्रकार हर्ष सुब्बाको उपस्थिति समेत रहने बताए । डिजिटल मिडिया सम्बन्धि प्रशिक्षणको लागि विश्व लिम्बुलाई समेत आमन्त्रण गर्ने एसोसिएसनले जनाएको छ । प्रशिक्षण आगामी मंसिर २९ गतेसम्म चल्नेछ ।
Discussion about this post