लेगुवाबाट पहिचानवादि नौ जना पक्राउ

धनकुटा । नेकपा एमालेको संकल्प यात्राको बिरोध गरेको भन्दै पहिचानवादि घटक ९ जनालाई लेगुवाबाट पक्राउ गरिएको छ ।

प्रदेश १ को नागरिकलाई केपि ओलिले आतंककारी भनेको भन्दै संकल्प यात्रामा कालो झन्डा देखाउने बिरोध २५ गतेदेखि भैरहेको छ । यसैबीच आज भोजपुरहुँदै लेगुवा आउने भएपछि पहिचानवादिले बिरोध गरिदै आएको छ । यसरी बिरोधमा उत्रेको भन्दै लेगुवाबाट प्रहरीले ९ जनालाई पक्राउ गरिएका छ्न । पक्राउ पर्नेमा

किराया धनकुटाका अध्यक्ष उद्दबमणी राई , किरात याक्थुम चुम्लङ अध्यक्ष कमल तिगेला, संयुक्त संघर्ष समिति संखुवासभा अध्यक्ष बिरेन्द्र खारा, किराया संखुवासभा सचिब उमा चाम्लिङ राई , किराया पाखृबास नगर समिति अध्यक्ष जितेन्द्र माङपाङ राई रहेका छन । थप चारजनाको नाम खुलेको छैन ।

कमल तिगेलाको मोबाईल अफ छ । त्यसैगरी उद्वब राईको नम्बरमा कल गए पनि उठेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित