जसपा कुम्मायक गाँउपालिकामा तारानाथको अध्यक्षतामा पुनर्गठन

पान्थर । जनता समाजवादी पार्टी नेपाल पान्थर कुम्मायक गाउँपालिकाको तारानाथ साम्बहाम्फेको अध्यक्षतामा पुनर्गठन सम्पन्न भएको छ ।

मंसिर २६ गते भएको पुनर्गठनमा उपाध्यक्ष- ईन्द्रकला लाओती राई ,नेत्रबहादुर सम्वाहाम्फे सचिव पुर्णकुमार मिभक उपसचिवहरु नितेष सम्बाहाम्फे, अमर कुमार लावती,कोषाध्यक्ष तेजप्रकाश लाओती सहित ५६ सदस्य निर्बाचित भएका छन ।

त्यसैगरि जसपा, नेपाल कुम्मायक गापा १ न. वडा कार्यसमिति गठन भएको छ । तिर्थराज लाओतीको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्ष साईमान लाओती,सचीव फुलकुमारी लाओती सहसचिव लोकेन्द्र लाओती सहित २३ सदस्य निर्बाचित भएका छन ।

पुनर्गठित कार्यक्रममा प्रमुख अथिती जसपा, नेपालका केन्द्रीय सल्लाहकार प्राडा महेन्द्र लाओती, बिशिस्ट अथिती केन्द्रिय सल्लाहकार कर्ण लाओती, केन्द्रिय सल्लाहकार असिम पालुङ्वा, बिशिस्ट अतिथि जसपा, नेपाल प्रदेश न. १ सदस्य बिष्णु लाओती, कुम्मायक १ यासकका निर्वाचित अध्यक्ष देबेन्द्र लाओती, बिशिस्ट अतिथि लिम्बुवान राष्ट्रिय समिती सल्लाहकार चन्द्र मादेन, बिशिस्ट अतिथि जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिती अध्यक्ष जेन्टल लाओती, अतिथि लिम्बुवान राष्ट्रिय समिती मुख्य सचीव केदार धिमाल, लिम्बुवान राष्ट्रिय समिती सदस्य जकेन्द्र लाओती, काङ्सोरे लिम्बु, जील्ला सदस्य पदमसुखी सम्बाहाम्फे लगायतको उपस्थिति रहेको थियो ।

तारानाथ सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सन्चालन पुर्णकुमार मिभकले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित