बसन्त राज सुब्बा
झापा । फाल्गुनन्द टोल बिकाश संस्थाको आयोजनामा केर्खा खेल-मैदान सरसफाई कार्यक्रम सम्पन भएको छ ।
झापा जिल्ला कमल गाउँपालिकाको वडा.न.३ को केर्खा बजार स्थित उतर महेन्द्र राजमार्ग खण्ड अवस्थित खेल मैदान केर्खा फाल्गुनन्द टोल बिकाश संस्थाको आयोजनामा र केर्खा लालिमा बोर्डिङ इङ्लिस स्कुल, NMC सहकारी संस्था, केर्खा प्रहरी चौकी र ट्राफिक प्रहरीको सहयोग तथा स्थानिय सामाजिक व्याक्तित्वहरुको सहभागीमा एक दिवशिय सर्सफाई कार्यक्रम सम्पन्न गरेको छ । जस्मा लालिमा बोर्डिङ इङ्लिस स्कुलबाट शिक्षक सहित दुई सय विद्यार्थीहरुको सफाईमा सहभागी थियो भने NMC सहकारी संस्थाबाट ग्लब्स, माक्स र जुस उपलब्द गराएको थियो ।
त्यस्तै सामाजिक ब्याक्तीत्वहरु क्रमश: अर्जुन मेन्याङ्बो, चन्द्र फागो,दिल बहादुर लावती , चरण सिंह खजुम , चन्द्र लावती, प्रेम मेन्यङ्बो, पिङ्की लिम्बु हरुले जुस र पानीहरु उपलब्ध गराएका थिएभने कार्यक्रम खेल मैदान सरसफाईको अलवा झारपात उखेल्ने देखि दुई गाडी बोतल, प्लास्टिक र फोहोर मैला डिस्पोज गरिएको थियो संगै अव्यवस्थित भत्किएका तारघेर पनि मर्मत गरिएको छ ।
कार्यक्रम औपचारिक भाषणवाज नभएपनी तत्काल कमल वडा न.३ कार्यसमितिको सिफारिस्मा कमल गाउँपालिका लाई खेल मैदान मर्मत खर्च अति आव्श्यक देखिएको जस्तो हातिले तार घेरा भत्काएको, दुई सौचालय अति जिर्ण अवस्था भएको, गेट रङ रोगन लगायतका आवश्यक निर्माण मर्मतको लागि पालिकामा माग-पत्र बुझाएको कुरा सस्थाकी अध्यक्ष शेलिना राईले बताएका थिए । त्यस्तै कमल ३ वडा अध्यक्ष अग्नि प्रसाद कोइराला , लालिमा बोर्डिङ इङ्लिस स्कुल फाउण्डर गौरीमान फागो , फोनिस बोर्डिङ स्कुल फाउण्डर बदी राई , शान्तिसंगम टोल अध्यक्ष ज्ञानसिह राई , सस्थाको प्रमुख सल्लाकार छत्रहाङ फागो , NMC सस्थाबाट रिता खतिवडा , सामाजिक व्यक्तित्व पत्रकार विरेन्द्र याक्थुम्वा , कमल फागो , चन्द्र फागो लगायत उपस्थित रहेको थियो । फाल्गुनन्द टोल बिकाश संस्थाकी अध्यक्ष सेलिना राई/सशीले सरसफाई कार्यक्रममा उपस्तिथि र सहयोगी मनहरुलाई धन्यवाद दिदै पशु चौपाया जथाभावी छोड्नु हुदैन दुर्घटना हुन् सक्छ , आफ्नो ठाउँ आफै बनाउनु पर्ने बताएकी थिईन । भने कार्यक्रमको सहजीकरण सामाजिक व्यक्तित्व नरेन हाङ लिम्बुले गरेको थिए ।
Discussion about this post