लेगुवा हिडेको पहिचानवादिको गाडिलाई भेडेटार प्रहरीले रोक्यो

भेडेटार । २७ गते हुने कार्यक्रमको लागि भनेर धरानबाट लेगुवा हिडेका पहिचानवादि युवा चडेको गाडिलाई भेडेटार प्रहरीले रोकेको छ ।

एक गाडिमा करिब ३०/३५ जनाको युवाहरुलाई भेडेटार प्रहरीले रोकेको कुरा पहिचानका लागि युवा सिवाहाङ राईले जानकारी दिए । मध्य लोकमार्ग अन्तरगत झुलाघाटदेखि चिवा भञ्ज्याङ् सडकसम्म एमालेको संकल्प यात्रा हुने भएपछि पहिचानवादिले अवरोध गरिरहेको छ ।

लेगुवामा हुने कार्यक्रमका लागि धरानबाट एक बस त्यसतर्फ लागेका थिए । तर प्रहरीले प्रवेश गर्न नदिइ रोकेको सिवाहाङले जानकारी दिए । उनले सिडियो र डिएसपीलाई रोक्नको कारण बुझेको बताए । फोनमा धनकुटा जिल्लाका डिएसपीसंग बुझ्दा संभावित झडपको बिषय देखाएर रोकेको जवाफ डिएसपीले दिएको बताए ।

एमालेका अध्यक्ष केपी ओलिले प्रदेश नामको बिरोध गर्दा आतंककारी भनेको भन्दै केपि ओलि,महेश बस्नेत,योगेश भट्टराई सहित कोशी समर्थक ८२ सांसदलाई यात्रामा रोक्ने भएको छ । सोहि अनुसार २५ भोजपुर,हलेसि,तेह्रथुम,पान्थर लगायत विभिन्न स्थानमा राँके जूलूस निकालेका थिए ।

आज २६ गते यातायात अवरोध बन्द गर्दा गोपाल किराती सहि धेरै युवा पक्राउ परेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित