भोजपुर । नेकपा एमालेको संकल्प यात्रामा सहभागी केपि ओलि महेश बस्नेत योगेश भट्टराईलाई रोक्न बन्द कर्ताहरुलाई पक्राउ गरिएको छ ।
जनता समाजवादी पार्टी भोजपुर जिल्ला समिति उपाध्यक्ष साहिमान राईले आज प्रेस बिज्ञप्ति जारी गर्दै पुर्व मन्त्री गोपाल किराती सहितलाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । गोपाल किराँतीलाई खोटाङ हलेसिबाट पक्राउ गरिको हो । पक्राउ पर्नेमा राजेश राई,संघर्ष समितिका संयोजक विदुर राई, जनता समाजवादी पार्टी नेपाल प्रदेश सदस्य मिना राई, युवा इन्चार्ज दिनेश राई, रामप्रसाद राई गाउँपालिका इन्चार्ज पनन चाम्लिङ राई रहेका छन ।
संयुक्त संघर्ष समितिले पक्राउ परेका सबैलाई बिनासर्त रिहाईको माग गरिएको छ । रिहाई नगरे थप आन्दोलन चर्काउने चेतावनी दिएको छ ।
Discussion about this post