धरान । नेकपा एमालेको संकल्प यात्रामा सहभागी नेकपा एमालेका अध्यक्ष केपि ओलि,महेश बस्नेत,योगेश भट्टराई र कोशि नाम समर्थन गर्ने ८२ सांसदलाई अवरोध गर्न बन्दको कार्यक्रमको पुर्व सन्ध्यामा राँके जूलूस निकालिएको छ ।
२६ गते झुलाघाटदेखि चिवा भञ्ज्याङ्सम्म अनिश्चितकालका लागि बन्दको पुर्व सन्ध्यामा राँके जूलूस निकालिएको छ । कोशि नाम राखेसंगै एमालेको अध्यक्ष केपि ओलिले प्रदेश १ नागरिकलाई आतंककारी भनेको भन्दै प्रवेश निशेध गर्ने कार्यक्रम प्रदेश १ पुनः नामांकन संघर्ष समितिले जनाएको छ । सोहि कार्यक्रम अनुसार आज राँके जूलूस निकालिएको हो । आज निकालिएको राँके जुलुससंगै झुलाघाटदेखि चिवा भञ्ज्याङ्ससम्म अनिश्चितकालका लागि यातायात सबै बन्द रहनेछ ।
Discussion about this post