धरान । प्रदेश १ नामंकन संघर्ष समितिले आह्वान गरेको आन्दोलनको क्रममा केपि ओलिले आतंककारी भनेको भन्दै आज राँके जूलूस निकाल्ने भएको भएको छ ।
प्रदेश १ नामांकन संयुक्त संघर्ष समिति झुलाघाटदेखि चिवा भञ्ज्याङ्को मध्य लोकमार्गमा राँके जूलूस निकाल्ने जनाएको छ । नेकपा एमालेको संकल्प यात्रालाई लक्षित गर्दै आतंककारी भन्ने केपि ओलि,महेश बस्नेत र योगेश भट्टराई विरुद्ध राँके जूलूस निकाल्ने भएको छ । त्यसैगरी सो कार्यक्रममा प्रदेश १ लाई नामाकरण गर्न साथ दिने ८२ सांसदलाई समेत प्रवेशमा रोक लगाउने भएको छ ।
२६ गतेको बन्दको पुर्वसन्ध्यामा समितिले राके जूलूस निकाल्दै बन्दको संकेत गर्ने जानकारी दिएको छ । जस अनुसार घुर्मिदेखि लेगुवा बिचको खण्डमा हिलेपानी,हलेसि,नुनथला,दिक्तेल,लामाखु,चखेवा र भोजपुरमा प्रदर्शन हुनेछ । त्यसैगरी लेगुवा चिवा भञ्ज्याङ्को बिच खन्डमा लेगुवा,चैनपुर,मुडे,बसन्तपुर,जिरिखिम्ति,फोक्लावाङ,संक्रान्ति,फेदेन,जोरपोकरी र च्याङ्थापुमा राँके जूलूस प्रदर्शनी हुने कुरा आयोजकले जानकारी दिए ।
समितिले केपी ओलिले माफि मागेको खण्डमा बन्द फिर्ता लिने पनि स्पष्ट पारेको छ ।
Discussion about this post