प्रदेश १ फुटबल संघमा कोशी टालिएको बोर्ड भेटियो

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

धरान । अन्डर फिफ्टीन १५ वर्षमुनिका उमेर समुहबिच फुटबल खेल प्रतिस्पर्धा गराउने बारे कोशी प्रदेश स्तरीय भनेर पत्रकार सम्मेलनको जानकारी आएपछि कोशी बिरोधिले निगरानी गरेका थिए ।

पहिचानका युवाहरुले धरान उपमहानगर वडा नम्बर १७ स्थित एन्फा एकेडेमी पुगेर निगरानी गर्दा कोशी लेखिएको शब्दमा टालेको पाईएको छ । पहिचानका लागि युवा लपुजन राईले कोशी चाहिँ टालेछ पेपरले बोर्डमा पत्रकार मात्र छन ।

एन्फाले दिउँसो आइतबार दिउसो १ बजे कोशी प्रदेश फुटबल सघको आयोजनामा भन्दै कोशी प्रदेश स्तरीय प्रथम एन्फा कप अण्डर फिफ्टीन  फुटबल प्रतियोगिताको बिषयमा जानकारी दिन पत्रकार सम्मेलनक्क आयोजना गरेका थिए ।

कोशी बिरोधि पहिचानवादिले हिजो शनिबार मात्र धरान उपमहानगरपालिका १५ नम्बर वडा समितिको कार्यालयमा कोशी लेखिएको बोर्डमा कालो पोतिदिएका थिए । त्यसैगरी सोहि वडा नजिक रहेको आधारभुत स्वास्थ्य केन्द्रमा राखिएको बोर्डमा पनि कोशी लेखिएको भेटिएपछि कालो पोतिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित