वीस वर्षअघि आलुको भाउमा एयरपोर्टको नाममा किनिएको जग्गा हिराको दाममा बिक्री गर्ने प्रपन्च,(भिडियो सहित )

 

धरान । यतिबेला धरानमा एयरपोर्टको कुराले मिडिया सामाजिक संजाल तातिएको छ । २० वर्षअघि एयरपोर्टको नाम भजाउदै प्राईभेट कम्पनिले प्रतिकट्ठा २८ हजार र ३२ हजारमा वर्गीकरण गरेर करिब ७ बिघा जग्गा तत्कालीन कुमारबहादुर कार्किको कार्यकालमा यति इन्कर्पोरेशनले खरिद गरेका थिए ।

सम्झौता अनुसार एयरपोर्ट नबन्ने अवस्था तत्कालीन जग्गा मुल्यमा नै सम्बन्धित जग्गा धनिलाई दिने उल्लेख छ । जब स्थानीय निर्वाचनपछि हर्क साङ्पाङ मेयर निर्वाचित भएर आए यतिले एयरपोर्टको जग्गा प्लटिङ गरि बेच्न लागेको भनिएपछि रोक्का गरिएको थियो । त्यहि कुरालाई उठान गर्दै मेयर साङ्पाङले नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेका थिए । मन्त्री सुदन किरातीले अध्ययन टोलि खटाएपछि भने धरानमा धेरै समुहतर्फ भुइचालो गएको छ ।

यतिबेला यति इन्कर्पोरेसनसंग मिलेर प्लटिङ अरबौ कमाउने सपना भताभुंग भएको छ । सत्या गुरुङ भन्छ प्रतिकट्ठा ३२ हजारमा किनेको जग्गा अहिले प्रतिधुर तीन लाखमा बेच्ने योजना छ । यस हिसाबले प्रति कठ्ठा ३२ हजारको जगा अहिले ६० लाख पुगेको छ । यतिले खरिद गरेको ७ बिघाको मुल्य ८४ करोडको हाराहारी पुगेको छ । गुरुङले त्यहाँ केहि धनाढ्य मारवाडि समेत सम्लग्न भएर चलखेल भएको दाबि गरे ।मेयर साङ्पाङले एयरपोर्टको जग्गाको विषयमा पुर्व मेयर कुमारबहादुर कार्कि मनोज मेयाङ्बो अशोक अग्रवाल सहितलाई पत्राचार गरेर बोलाएका थिए । तर कुमारबहादुर कार्कि बाहेक मेयाङ्बो र अग्रवाल अनुपस्थित रहेका थिए । यसले पनि गुरुङले भने जस्तै मारवाडि सम्लग्न भएको पुष्टि हुन्छ ।

बिहिवार मेयर साङ्पाङ खरिद गरिएका जग्गामा प्राविधिकटोलि सहित पुगेका थिए । मेयरले स्थानीय सहितलाई कुरा राख्दा स्थानीयले छिनफान गर्न माग गरेका थिए । उनिहरुले बिगतका जस्तै २० वर्ष झुलाउने नगर्न चेतावनी दिएका थिए । साथै उचित व्यावस्थापन गराएर मात्र अघि बढ्न प्रस्ताव गरेका थिए । जवाफमा त्यहि गाँठो फुकाउनकै लागि लागिपरेका बताए । अव भने यति जग्गा पनि धरान उपमहानगरमा ल्याउने प्रतिबद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित