जलदान
कन्यादान
धर्म र संस्कारका
यी दानहरुमध्ये
सबै भन्दा जेष्ठ र श्रेष्ठ
श्रमदान ।।
पितृका नाममा दिइने
पिण्डदान र जलदानको सट्टामा,
तिथिमा एक सानो विरुवा रोपी,
उसको जरामा पानीको थोपाहरु खसालौ ।
त्यहाँ फूल भए बगैंचा हसाउँछ,
जातको काठ भए घर बसाउँछ,
आउ साथी !
तिमी तिम्रो गाउँमा श्रमदान गर,
म मेरो गाउँ र ठाउँमा श्रमदान गर्छु,
अल्छे र कुरौटेहरुलाई चुनौती दिदैं,
हामी हाम्रो क्षेत्रमा लागि परौ ॥
यो राजनीतिले थिलथिलो भएको देशमा,
कुरौटे राजनीतिको पखेटाले,
गालामा नराम्रा डामहरु परेका छन्,
शरीर दुखेको दुबै छ छोरा, नाति, निर्मात हुँदा ।।
नेपाल आमाका आँखा ओभाएका छैनन्,
ऊ साथी !
तिमी तिम्रो गाउँमा श्रमदान गर,
म मेरो गाउँमा श्रमदान गर्छु ।
श्रमदान गरेर नेपाल आमाको मुहार हसाओ,
श्रमदान गर्न अधि
मतदानमा साथी
तिमी हर्क साम्पाङहरु खोज,
म बल्ल बल्ल चिनेर रोजेको,
हर्कका चुनौतीहरुमा जुझारु भएर,
लागि रहनेछु ।
आउ साथी !
तिमी पनि हर्क रोजेर
हर्ककै साथमा आउ,
म हाम्रो हर्कलाई लिएर आउने छु ।
देशभरी हर्कहरुलाई रोजेर,
हामी नेपाल आमाको मुहारलाई,
हर्ष विभोर बनाऔ ।
आउ साथी !
सबै मिलेर श्रमदान गरौं ॥
Discussion about this post