इटहरी । पछिल्लो समयमा सहकारीको रकम हिनामिना गर्नेको संख्या बढ्दो छ । इटहरीमा अम्बेकोशि विरुद्ध पनि यस्तै प्रकारको आरोप लागिएको छ । अम्बेकोशी सहकारीमा १४ करोड ३६ लाख ठगि भएको भन्दै जाहेरी दिनेको संख्या बढ्दै गएको छ ।
अम्बेकोशीले ठगि गरेको भन्दै त्यस विरुद्ध उजुरी परेको कुरा जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रेस बिज्ञप्ति जारी गरेको छ । ईटहरी उपमहानगरपालिका वडा नं. ६ स्थित रहेको श्री अम्बेकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड विरूद्ध परेको सहकारी ठगी उजूरीको आधारमा प्रतिवादीहरू पक्राउ परेपछि बिगो दावी सहित जाहेरी दरखास्त दिनेको संख्या, ५९ पुगेको कुरा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार जाहेरीवाला मनोज कुमार भट्टराई समेत २ जनाले दिएको ठगी विरूद्दको उजुरीका आधारमा सहकारीका संचालक समितिका अध्यक्ष सहित ४ जनालाई यहि मंसिर ८ गते पक्राउ गरिएको हो । पक्राउ परिएयता मंसिर १३ गते बेलुकासम्म यस कार्यालयमा अम्बेकोशी बचत तथा ऋण सहकारी संस्था विरूद्ध पीडितको संख्या ३०० र जाहेरी संख्या ५९ (उन्साठ्ठी) प्राप्त भएको जनाएको छ। प्राप्त जाहेरीमा बचत तर्फ रू. १४ करोड २४ लाख ७८ हजार ७७३ रुपैया रहेको जनाएको छ । त्यसैगरी शेयर तर्फ११ लाख ५० हजार ८०० रुपैया रहेको छ । अम्बेकोशीबाट जम्मा १४ करोड ३६ लाख २९ हजार ५७३ रुपैया ठगि भएको जाहेरीमा जनाएको उल्लेख छ ।
अम्बेकोशी सहकारीमा शेयर सदस्य ९,८९१ र बचतकर्ता – ११,८४५ जना रहेका छन । प्रहरीले सो सहकारी संस्थाका अन्य कोही ठगीमा पर्नुभएको भए जिल्ला प्रहरी कार्यालय सुनसरीमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
हाल जाहेरवालाको उजुरीका आधारमा सहकारीका संचालक समितिका अध्यक्ष फणिन्द्र बहादुर पूर्वछाने मगर, संचालक समितिका सदस्य शिलादेवि विश्वकर्मा, लेखा सुपरिवेक्षक संयोजक राहुल अग्रवाल र लेखा सुपरिवेक्षक सदस्य कुमार आलेलाई पक्राउ गरिएको छ । पक्राउ भएकालाई सम्मानित सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।तस्बिर : न्यु पाटि
Discussion about this post