ताप्लेजुङ । योगेश भट्टराईमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरिएका ताप्लेजुङ बिपिन कङ्लिबा इजम र आनन्द कङ्लिबा इजमलाई बिनासर्त रिहाई गरिएको छ ।
गत मंसिर १० गते पक्राउ गरिएका दुईजनालाई रिहाई माग गर्दै मेचि राजमार्ग अवरुद्ध गरेका थिए । प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले बिनासर्त रिहाई हुनुपर्ने भन्दै राजमार्ग अनिश्चितकालीन अवरुद्ध गरेका थिए । समितिको बन्दपछि जनजीवन प्रभावित भएका थिए । झापादेखि उत्तरतर्फ जाने संपुर्ण यातायात ठप्प भएका थिए ।
राज्यबाट यस अघि पनि धनकुटामा यसरी नै पक्राउ गरेपछि दशैको मुखमा धनकुटा ठप्प पारेका थिए । प्रहरीको ज्यादती विरुद्ध नामांकन संघर्ष समिति लगातार लागेपछि राज्य घँडा टेक्न बाध्य भएको छ ।
नामांकन संघर्ष समितिले ८२ सांसद सहित एमालेका शिर्ष नेता केपि ओलि तत्कालीन सुबास नेम्बाङ लगायतलाई कालो झण्डा देखाउने लखेट्ने काम भैरहेको छ । पछिल्लो समयमा योगेश भट्टराई चढेको सवारीमाथि आक्रमण गरेका थिए ।
Discussion about this post