सर्दु जलाधारको पेशि सर्वोच्चमा चढ्यो, भुमाफिया विरुद्ध फैसला हुनुपर्नेमा जनदबाब (भिडियो सहित )

 

धरान । बहुचर्चित सर्दु जलाधार क्षेत्रको पेशि सर्वोच्च अदालतमा मंसिर १४ गते चढेपछि धराने जनता जागेको छ ।

भुमाफियाको चलखेल गरेको भन्दै मंसिर १४ गतेको पेशिबाट हुने फैसला माफिया विरुद्ध हुनुपर्नेमा जनदबाब सिर्जना गरिएको हो । सर्वोच्च अदालतमा चौथो नम्बरमा पेशि चढेपछि धराने जनता न्यायको पक्षमा फैसला गर्न दवाब सिर्जना भएको हो ।

धरानको लोकतान्त्रिक चौतारीमा प्लेकार्ड सहित नाराबाजी गरेका थिए । धराने जनताको पक्षमा न्याय र भुमाफिया विरुद्ध कार्वाही हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

राजा बिरेन्द्र पुर्वान्चल भ्रमणको क्रममा २०३३/३४ सालतिर सर्दु क्षेत्रमा रहेका बस्ति हटाई जलाधार क्षेत्रका रुपमा व्यावस्थापन गर्न माग गरेका थिए । सोहि अनुसार त्यहाँका बस्तीलाई मोरङ जिल्लाका बिभिन्न स्थानमा सट्टाभर्ना दिएर खालि गरेका थिए । तर यसरी सट्टाभर्ना गरेको जग्गा मालपोत कार्यालयमा लगत कट्टा नगरि राखेपछि माफियाको चलखेल भएका थिए ।

यस बिषयलाई तत्कालीन उपमेयर समेत रहेका कृष्णनारायण पलिखे सहितले बाराम्बार मुद्दा लगाएका थिए । पछिल्लो समयमा सट्टाभर्ना गरेको दिएको तर लगत कट्टा नगरे प्रमाण भेटिएपछि भने माफियाको चलखेल रहेको बाहिरिएका थिए । दोहोरो रूपमा जग्गा प्राप्ति गरेका जग्गा धनि र कर्मचारी सहितको मिलेमतो भएपछि पछिल्लोपटक किन्नेहरु भने यतिबेला फसिएका छन ।

जलाधारको पक्षमा फैसला भएपछि भने मेयर हर्क साङ्पाङको वृक्षरोपण अभियानले त्यस क्षेत्रमा बिरुवा रोपेका थिए । यसरी बिरुवा रोप्ने क्रममा पुर्व वडा अध्यक्ष समेत रहेका रोशन अधिकारीले किनिएको भनिएको क्षेत्रमा रोप्न पुग्दा झडपको स्थितिमा पुगेका थिए । रोशन अधिकारी उच्च अदालतमा रिट हालेपछि अन्तरीम आदेश जारी भएको छ ।

सर्वोच्चको पुर्ण इजलासबाट फैसला हुन बाँकी रहेको अवस्थामा पेशि चढेपछि भुमाफियालाई कार्वाही र जलाधार क्षेत्रलाई न्याय गर्न भन्दै प्रदर्शन गरेका थिए । आजदेखि गरिएको प्रदर्शन १४ गते पनि धर्ना बस्ने भएको छ ।

प्रदर्शनीमा मेयर हर्क साङ्पाङको पनि उपस्थिति थिए । उनले स्थानीय सरकार प्रमुख नै सडकमा आउनुपरेको बताए । आफ्नो उपस्तिथि सिङ्गो धराने जनताको प्रतिनिधित्व रहेको भन्दै कतिजना सडकमा आए भन्ने नहुने बताए । यस विषयलाई लिएर केहिदिनदेखि मेयर हर्क साङ्पाङले सामाजिक संजालमा स्टाटस लेख्दै आएका छन । मेयर साङ्पाङले सर्दु जलाधार जनताको पक्षमा फैसला होस् भनी हार्दिक अनुरोध गर्दछु ! अन्यथा, जनता उतार्नेछौँ, सबैलाई धराने जनता उठाएर तह लगाइनेछ ! जनताको परीक्षा नलिनु होला !,लेखिएको छ । उनि आशाबादी हुदै – आशा छ भोलि सर्दु जलाधारको फैसला हुँदा जनताको पक्षमा हुनेछ ! लेखिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित