प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मेची राजमार्ग गरे ठप्प

झापा । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले झुठा मुद्दा लगाई दुईजनालाई पक्राउ गरिएको भन्दै अनिश्चितकालका लागि मेची राजमार्ग बन्द गरिएको छ ।

ताप्लेजुङ योगेश भट्टराईमाथि आक्रमणको आरोपमा दुईजनालाई पक्राउ गरिको भन्दै रिहाई नभैन्जेल अनिश्चितकालिन मेचि राजमार्ग बन्द गरिएको कुरा प्रदेश १ पुन नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ । गत मंसिर १० गते पाथिभरा याङ्बरक ३ का बिपिन कङ्लिबा र आनन्द कङ्लिबालाई प्रहरी पक्राउ गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख छ । दुईजनालाई भट्टराईमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले पक्राउ गरिएको थियो ।

संघर्ष समितिले रिहाई नगरे अनिश्चितकलका लागि बन्दको चेतावनी दिएका थिए । मंगलबारदेखि झापा जिल्लाको चारआलीबाट उत्तरतर्फ सवारी ठप्प भएको कुरा संघर्ष समितिले जनाएको छ । राजमार्ग ठप्प बनाएको प्रति जानकारी दिदै पहिचानवादि युवा गौरिमान राईले मेची राजमार्ग ठप्प रहेको जनाएको छ । उनले भने – `अहिले झापाको चारालिमा सबै सवारीहरुलाई सम्झाई बुझाई गरेकाछौँ ।ताप्लेजुङमा हाम्रो पहिचानवादि सहयोद्दाहरुलाई झुटा आरोपमा गिरफ्तार गरिएको हुँदा बिनासर्त उहाँहरुको रिहाई नभएसम्म मेची राजमार्ग ठप्प हुने पुनः जानकारी गराउदछौं।´

तस्बिर सामाजिक संजाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित