महावीर पुनको पुस्तक धरानमा ४११ प्रति बिक्री (फोटो भिडियो सहित )

धरान । बैज्ञानिक महावीर पुनको आत्माकथा समेटिएको पुस्तक सम्झना सपना र अविरल यात्रा धरानमा ४११ प्रति बिक्री भएको छ ।

स्वतन्त्र नागरिक समाज र अनलाइन मिडिया एसोसिएसन धरानको संयोजनमा घण्टाघरमा बिक्रि अभियान थालेको हो । बिरगंज कृषि औजार कारखाना संचालन गर्नका लागि भनेर बैकल्पिक आर्थिक संकलनको बाटोको रुपमा देश विदेशब्यापि बिक्रि अभियान भैरहेको छ ।

राज्यले नै उपेक्षा गरेर कारखाना ध्वस्त पारी पुन संचालन गर्नको लागि चासो नदेखाएपछि आत्माकथा लेखेर बिक्रि गर्ने सोचकासाथ अधि बढेको महावीर पुनले जनाएको छ । आविष्कार केन्द्र संचालनका लागि भनेर पुनले पोखरामा रहेको जग्गा,आफुले पाएको सम्मान सबै बिक्रि गर्न राखिएको थियो । नेपाल सरकारले दिएको सम्मान बेच्न नपाईने कानुनी कार्वाही हुने भएपछि पुस्तक लेखेर बेच्ने निष्कर्षमा पुगेको बताए । यतिबेला देश विदेशमा महावीरको पुस्तकको माग बढेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित