जसपा लिम्बुवानमा जेन्टल लावतीको अध्यक्षतामा पुनर्गठन

धरान । जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको पुनर्गठनसंगै अध्यक्षमा जेन्टल लावती सहित ३५ जनाको नयाँ कार्यसमिति चयन भएको छ ।

गत असोज १३ गते धरान भएको पुनर्गठन कार्यक्रम र कार्तिक १ गते स्थगन भएको थियो । सो स्थगित पुनर्गठन कार्यक्रम मंसिर ९ गते पानथरमा समितीका अध्यक्ष श्री खगेन्द्र माखिमको अध्यक्षतामा सम्पन्न भएको हो । सो पुनर्गठन बैठकमा जसपा, नेपालका कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ र रणध्वोज कन्दङ्वा ज्युको उपस्थिति रहेकोे थियो ।

पुनर्गठन भएका अन्य पदाधिकारीमा उपाध्यक्षहरुः एविराज आङदेम्बे, सन्जय मेवाहाङ राई, अग्नीमाया मेचे, मुख्यसचिवः केदार धिमाल, सचिवहरुः अजितक’मार धिमाल, हेमराज जिमि, सुश्मा राई, कोषाध्यक्षः टूपेन्द्र एक्तेन रहेका छन।

सदस्यहरुमा प्रदिप मादेन नानी, सुजित ओख्राबो, सजिव योङया, जकेन्द्र लावती, टि.आर. आङदेम्बे, क्षितिज लावती, रोहित आङबो, हेमराज माङमु (राकेश), कमल नेम्बाङ, काङ्सोरे सुन्दर लावती, विशेश्वरप्रसाद बेघा, मोहन देवान, बिक्रम लिम्बु लेक्वा, श्याम एक्तेन, प्रेमचन्द्र लेप्चा, मणि लुङगेली मगर, दिपा निङ्लेकु, देउमान चेम्जोङ, खड्क लिम्बु खाम्बेक, नारायणमान गुरुङ, किशोरचन्द्र इङनाम, मोहनक’मार धिमाल, श्रीप्रसाद धिमाल, रिता खापुङ, कमला रुम्दाली राई र लिला राई रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित