किराया धरान १३ र दुमि किरातले बलिहाङ देउसिभैलो समापन गर्‍यो

धरान । आदिवासी राई समुदाय किरात राई यायोक्खा वडा समिति धरान १३ ले यस वर्षको बलिहाङ देउसिभैलो कार्यक्रम समापन गरेको छ ।

यायोक्खा वडा समितिको कार्यालय धरान १३ सुर्य मार्गको आफ्नै भवनमा कार्यक्रम गरेका थिए । कार्यक्रममा देउसीभैलोमा जाने कलाकारहरुलाई सम्मान गरेका थिए । किरायाले गरेको देउसि भैलो समापन कार्यक्रम गीता राईको प्रमुख आतिथ्यमा भएको हो ।

त्यसैगरी शनिवार नै दुमि किरात राई फन्सिकिमले पनि यसवर्षको देउसि भैलो कार्यक्रम सम्पन्न गरेको छ । फन्सिकिमले किराया सुनसरी अध्यक्ष राजेन्द्र राईको प्रमुख आतिथ्यमा कार्यक्रम समापन गरेको थियो । दुमिको आफ्नै भवन धरान १५ महादेव चोक स्थित भवनमा औपचारिक कार्यक्रमसंगै भव्य रुपमा नाचगान गरेर सम्पन्न गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित