धरान । क्यान्सर रोगसंग लड्दै गरेका धरानका पत्रकार संजिप राईलाई अनलाइन मिडिया एसोसिएसनले पाँच हजार आर्थिक सहयोग गरेको छ ।
क्यान्सरबाट पीडित रहेको भन्ने जानकारी पाएपछि एसोसिएसनले सकेको सहयोग गर्ने निर्णय गरेपछि सहयोग हस्तान्तरण गरेको हो । हाल काठमाडौमा उपचारमा रहेका संजिपलाई मंगलबार रकम फोनपे मार्फत हस्तान्तरण गरिएको छ ।
हालसालै धरानलाई कार्यक्षेत्र बनाई पोर्टल न्युज,युटुब संचालन गर्दै आएका संचारकर्मिहरुको एकता गर्दै नेपाल सरकार स्थानीय निकाय धरान उपमहानगरपालिकामा आधिकारिक रुपमा दर्ता भएको छ । संस्था दर्तासंगै संस्थाले देउसिभैलो खेलेर संकलन गरिएको रकम बिरामी संजिपलाई उपलब्ध गराउने निर्णय भएको हो ।
महावीर पुनको पुस्तक बिक्रि अभियानमा एसोसिएसन
अनलाइन मिडिया एसोसिएसनले धरानमा महावीर पुनको आत्माकथा रहेको पुस्तक बिक्रि अभियानमा साथ दिने निर्णय भएको छ । बुधबार बिहानदेखि धरानको घण्टाघरमा स्टल राखेर पुस्तक बिक्रि गरिने अभियान चलाउने कुरा एसोसिएसनका अध्यक्ष स्वोर्णिमहाङ लिम्बुले जानकारी दिए । पुस्तक बिक्री अभियानमा स्वतन्त्र नागरिक समाज धरानको पनि संयोजन रहनेछ ।
बिरगंज कृषि औजार कारखान संचालन गर्नका लागि राज्यबाट आर्थिक सहयोग नभएपछि पुनले आफ्नो आत्मकथा रहेको पुस्तक बिक्री अभियान थालेको हो । पुस्तकको मुल्य ७५०/- रुपैया रहेको छ । पुस्तक बिक्रि भएको रकम कृषि औजार कारखाना संचालन गर्न लगानि गर्ने महावीर पुनले बताएको छ ।
धरानमा महावीर पुन समेत आउने तयारी भैसकेको छ । यस बिषयमा धरान उपमहानगरका प्रमुख हर्क साङ्पाङलाई समेत जानकारी दिएको छ ।
Discussion about this post