देउसीभैलोको दक्षिणा पाँच लाख भुकम्प पीडितलाई,मेयर साङ्पाङ भन्छ दुरुपयोग नहोस् (भिडियो सहित )

 

धरान । स्वतन्त्र नागरिक समाजले आयोजना गरेको देउसिभैलोबाट संकलित दक्षिणा पाँच लाख रुपैया जाजरकोटको भुकम्प पीडितको लागि उपलब्ध गर्ने निर्णय भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै समाजले देउसिभैलोमा उठेको आय व्यय सार्वजनिक गरेको हो । मेयर हर्क साम्पाङको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा ६ लाख ३९ हजार ५७६ रुपैया संकलन भएको जनाएको छ । त्यसमध्ये ४० हजार १२५ रुपैया खर्च भएको उल्लेख छ । रहेको  ५ लाख ९९ हजार ४५१ मध्ये ५ लाख रुपैया भुकम्प पिडितको लागि छुट्याइएको कुरा पत्रकार सम्मेलनमा जानकारी दिए । बाँकि रहेको ९९ हजार ४५१ रुपैया आकस्मिक तथा आपतकालीन खर्चको लागि भनेर समाजमा राखिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

छुट्याएको ५ लाख रुपैया सोमबार सार्वजनिक विदाका कारण बैंक बन्द भएपछि जम्मा गर्न नसकेको समाजले बताए । उक्त रकम प्रधानमन्त्री दैबि प्रकोपको खातामा जम्मा गरिने जानकारी दिए ।

पत्रकार सम्मेलनमा मेयर हर्क साङ्पाङले आगामी दिनमा आवस्यक थप सहयोग पनि दिने बताए । मेयर साङ्पाङले यस अघि मेयर कोष नाम भए पनि त्यो धराने जनताकै भएको दाबि गर्दै ५ लाख रुपैया उपलब्ध गरिसकेको जानकारी दिए। कोहि घरबार बिहिन भएको अवस्थामा नाचगान गर्नु कत्तिको ठिक होला भन्दै तर त्यसबाट संकलन भएको सहयोग पीडितलाई दिएको बताए ।

मेयर साङ्पाङले यस्ता घटनामा यस अघि पनि दुरुपयोग भएको उल्लेख गर्दै देश बिदेशबाट संकलन भएको सहयोग दुरुपयोग नगर्न सचेत गराए । मेयरले नजिकै भएको भए हजारौंले श्रमदान गरेर पुनः निर्माण गर्नसक्ने भन्दै जाजरकोट टाढा अनि बिकट भएकोले सम्भब नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित