धरान । स्वतन्त्र नागरिक समाज धरानको देउसि भैलो कार्यक्रम समापन भएको छ ।
शनिवार एसएनएस पार्कमा सांगीतिक कार्यक्रम गरि यसवर्षको देउसि भैलो कार्यक्रमलाई समापन गरिएको हो । समापन कार्यक्रममा प्रमुख अतिथि मेयर हर्क साङ्पाङको उपस्थितिमा भएको थियो । समापन कार्यक्रममा दिपक लिम्बु कन्चन थललङले सांगीतिक प्रस्तुति गरेका थिए । नाचगान अनि देउसि भट्याई कार्यक्रम ब्यापक भब्य भएका थिए ।
त्यहाँ पनि निक्कै सहयोग संकलन भएका थिए । गतसाल झै यस वर्ष पनि संकलित रकम जाजरकोटमा गएको भुकम्पको लागि सहयोग गर्ने भएको छ । स्वतन्त्र नागरिक समाजका समिर तामाङले यस वर्षको संकलित रकम भुकम्प पीडितका लागि उपलब्ध गराउने बताए । शुरुआतमै भुकम्प पिडितको लागि भनेर समाजले देउसि खेलिएका थिए । केहि दिन भित्र सबै खर्च विवरण तयार गरेपछि सार्वजनिक गर्ने कुरा समिर तामाङले बताए ।
Discussion about this post