राजश्व स्टीकर बरामद सहित यादव पक्राउ

सुनसरी । नेपाल सरकार राजश्व विभागले विभिन्न सामानमा प्रयोग गर्ने राजश्वको स्टिकर सहिद जीवन प्रकाश यादबलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रेस विज्ञप्ति जारी गर्दै २०८० साल कार्तिक २९ गते जीवन प्रकाश यादवलाई पक्राउ गरिएको जनाएको छ । बर्जु गाँउपालिका वडा नं. ६ चिमडी बजारमा हरिनगराबाट चिमडी तर्फ आउदै गरेको जीवन प्रकाश यादवले प्लाष्टिकको झोलामा लुकाई छिपाई ल्याएको आन्तरिक राजश्व विभाग (READYMADE TOBCCO) लेखिएको स्टीकर ५७० (पाँच सय सत्तरी) थान सहित पक्राउ गरिएको कुरा सुचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिएको छ ।

पक्राउ गरिएका यादवलाई कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाईएको जनाएको छ । प्रहरीले निज जीवन प्रकाश यादवले विगत ३/४ बर्ष अगाडी देखि भोला (गुड्खा) को मार्केटिङ काम गर्दै आएको जनाएको छ । यादवले दैनिक रुपमा विराटनगरबाट २/३ बोरा गुड्खा ल्याएर सुनसरी जिल्लाको कप्तानगञ्ज, साहेबगन, हरिनगरा र देवानगञ्जको विभिन्न बजारमा बिक्रि गर्ने र सो बजारबाट उल्लेखित आन्तरिक राजश्व विभाग (READYMADE TOBCCO) लेखेको स्टीकर संकलन गरि पुरानै स्टिकरहरू संलग्न गरी पुनः प्रयोगमा ल्याउने गरेको पाईएको दाबि गरेको छ । एक पटक प्रयोग भईसकेको अन्तःशुल्क स्टिकर पुनः प्रयोग गर्न नपाईने र प्रयोग गरेमा कारवाही हुने भएकोले निजलाई कारबाहीको लागी राजश्व कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित