धरानमा याक्थुङ लिम्बु समुदायको चासोक थिसोक मनाउदै

धरान । युमा साम्यो महासभा नेपालको आयोजनामा दुईदिने चासोक थिसोक चाड शुरु भएको छ ।

धरान ५ स्थित सावा येहाङ पाङ्भेमा चासोक थिसोक कार्यक्रमको पहिलो दिन मंसिर १ गते चसोक थिसोक पुजा गरि शुरु भएको कुरा युमा साम्यो महासभाका केन्द्रिय सचीव सन्तोष कुरुम्बाङले जनाएको छ । चासोकको दोस्रो दिन मंसिर २ गते समापन हुनेछ ।

पहिलो दिनको औपचारिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा तेह्रथुम जिल्ला लालिगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङ रहेका थिए । अर्जुन माबोहाङकै पहलमा धरानको कागुनेमा  सहरी बिकास मन्त्री सीता गुरुङ मार्फत विनियोजन भएको कुरा सचीव कुरुम्बाङले जानकारी दिए । त्यस स्थानमा याक्थुङ लिम्बु समुदाय मौलिक संरचना बन्ने भएको छ । जसको कारण धरानमा पर्यटनको अर्को एउटा गन्तव्य थपिनेछ ।

लिम्बु याक्थुङ समुदायले चासोक तङ्नाम भनेर मंसिरे पुर्णिामाको दिन उधौलि चाडको रुपमा मान्दै आएको छ । तर गत सालदेखि भने युमा साम्यो महासभाले मंसिर १ गतेलाई आधार मानेर चासोक थिसोक मनाउने निर्णय गरिएको हो । गतसाल सो कार्यक्रम बिजयपुर दरवार परिसरमा मनाएका थिए ।

किरात याक्थुङ चुम्लुङले चासोक तङ्नाम भनेर चन्द्र पात्रोको आधारमा मंसिरे पुर्णिामाको दिन मनाउने गरिन्छ । तर उक्त दिन अर्थात त्यो तिथि बैज्ञानिक नभएको युमा साम्योको दाबि छ । प्राकृतिक रुपसंग मेल खाने सुर्य पात्रोको मंसिर नै भएको भन्दै मंसिर १ गते चासोक थिसोक मनाउने निर्णयसंगै नेपालमा मात्र नभएर नेपाल बाहिर बिदेशमा समेत युमा साम्योको आयोजनामा आजकै दिन चासोक थिसोक मनाईरहेको कुरा महासभाले जनाएको छ ।

याक्थुङ लिम्बु समुदायमा युमा साम्योले मौलिक पक्षलाई प्राथमिकताकासाथ अगाडि बढेको छ । पछिल्लो समयमा राज्यको दस्तावेजमा समेत युमालाई अगाडि बढाउन १२ औ राष्ट्रिय जनगणनामा पनि जातिको महलमा याक्थुङ र धर्मको महलमा युमा लेखाउने अभियान चलाएका थिए । तर जातिमा लिम्बु / याक्थुङ भनेर तथ्यांक सार्वजनिक भए पनि धर्मको महलमा युमा भनेर एक जनाको पनि तथ्यांक सार्वजनिक भएको छैन ।

धरानमा चासोक थिसोकको अन्तिम दिन मंसिर २ गते समापन हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित