धरान । शंखधर शाख्वाको नाममा चलाएको नेपाल सम्बत अव नेपाल सरकारको कागज तथा दस्तावेजमा पनि समावेश हुने भएको छ ।
नेपाल सरकार मन्त्री परिषदले निर्णय ११४४ को प्रारम्भसंगै यस्तो निर्णय गरिएको हो । नेपाल सम्बत ११४४ मंलबारदेखि प्रारम्भ भएको छ । धरानमा नेपाल सम्बत ११४४ झाँकि र्यालि सहित नगर परिक्रमा गरेर स्वागत गरिएको छ । नगर प्रमुख हर्क साङ्पाङको प्रमुख आतिथ्यमा नेपाल सम्बतलाई स्वागत गरिएको हो ।
सोहि अवसरमा नेवारी समुदायको सामुहिक म्ह पुजा पनि धरानमा थालिएको छ । नेवा: मिसा दबू, सुनसरी जिल्ला समिति नेवा ल्यायम्ह दबु सुनसरी जिल्ला समिति र नेवा मिसा दबू धरान नगर समितिको संयुक्त आयोजनामा प्रदेशमा नै पहिलो पल्ट सामुहिक म्हपूजा कार्यक्रम गरिएको हो । म्ह पुजाको शाब्दिक अर्थ शरीरको पूजा हो । विभिन्न विद्वानहरूले म्ह पूजाको अर्थ आत्म पूजा वा म्ह पूजा पनि भनेका छन् तर ती सबैको अर्थ एउटै हुने पनि जनाएको छ ।
शंखधर साख्वा नेपालका राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक हुनुहुन्छ । उनलाई नेपाल सरकारले २०५६ साल मंसिर ३ गते राष्ट्रिय विभुतिको रुपमा घोषणा गरेको छ । उहां एक समाजसेवी थिए जसले तत्कालीन नेपालीलाई ऋणबाट मुक्ति दिलाए। नेपाल सम्बतको सुरुवातकर्ता शंखधर साख्वा कान्तिपुरको इलाछेंमा बस्ने व्यपारी थिए। उनले वि. सं. ९३६ मा कान्तिपुर र भादगाउँका जनताको सम्पूर्ण ऋण तिरी नेपाल सम्बतको थालनी गरेका थिए। तत्कालीन समाजमा शुद्र जातिलाई पशुपतिका प्रवेसमा बन्देज लगाइएको थियो। कान्तिपुरका राजा राघवदेवले शंखधरको योगदानलार्क्ष कदर गरी शुद्र जातिलार्क्ष पशुपतिमा प्रवेश दिएका थिए। नले प्रचलनमा ल्याएको नेपाल सम्बत वि. सं.१९६० सम्म पनि नेपालको सरकारी कामकजको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। तर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले बिक्रम सम्बतलाई चलनमा ल्याएका थिए।
Discussion about this post