धरान । मेयर हर्क साङ्पाङको राम्रो कामको आलोचना भैरहेकोबेला मोटरसाइकल करको कुरा बाहिरिएपछि व्यापक आलोचना भएको छ ।
सवारी कर उठाउने सार्वजनिक सुचना बाहिरिएपछि सामाजिक संजालमा यतिबेला मेयर हर्क साङ्पाङको आलोचना भैरहेको छ । मोटरसाइकललाई कर लगाएको भन्दै कर दिए पनि त्यसको सुरक्षाको समेत आवाज उठाएको छ ।
यस विषयमा मेयर हर्क साङ्पाङले कार्यपालिकाको निर्णय भएको स्पष्ट पारेको छ । मेयर हर्क साङ्पाङले एसएनएस गार्डेन उद्घाटनको क्रममा मोटरसाइकलको कर लिने निर्णय कार्यपालिका बैठकबाट भएकोबताए । साङ्पाङले बैठक उक्त निर्णयलाई नगरसभा पास गरेको भन्दै उपमेयर र आफ्नो मात्र निर्णयबाट नभएको स्पष्ट पारे ।
मेयर साङ्पाङले अन्य पालिकाको अभ्यास पनि रहेको भन्दै मोटरसाइकललाई कर लगाउने निर्णय भएको प्रष्ट पारे । यस बिषयलाई लिएर धेरै गीत गाउन नपर्ने उनको भनाइ थिए । उनले मागेर मात्र उपमहानगर चलाउन नसकिने बताए । लाखौको पाईप दिनसक्नेले मोटरसाइकल कर दिनेमा ढुक्क देखिन्थे मेयर ।
मागेर मात्र पालिका चलाउने कर तिरेर सहयोग यदि गर्दैन भने खोला ठेक्का लगाउने पनि मेयर साङ्पाङले आक्रोश पोखे । खोला ठेक्काको बदलामा श्रमदानबाट २० करोडबढिको सम्पत्ति जोडेको बताए ।
उनले तिहारपछि सप्तकोशिको पानी ल्याउने काम पनि अघि बढ्ने बताए । त्यसैगरी एयरपोर्ट धरानमा बनाउनैपर्छ भन्दै ४० किलोमीटरको दुरिमा रहेको बिराटनगरको हालत पनि देखाए । उनले बर्खामा बिराटनगरमा पानी जम्ने प्लेनको पांग्रा जाम हुने लाईफ ज्याकेट लगाएर पौडि खेल्नुपर्ने अवस्था रहेको बताए । त्यसैगरी हिँदमा हुस्सु लाग्ने भन्दै कता छ भनेर हेर्नुपर्ने अवस्था रहेको बताए ।
सवारी करको विषयमा उपमेयर आईन्द्र बेघाले यस लगाएको कर घटाएको दाबि गरेको छ । कर लगाएको नभै घटाएको हो उनको दाबि छ । उपमेयर बेघाले भ्रमको राजनीति र प्रचार चाहिँ नगर्न आग्रह गरिएको छ । उनले भने – `हामीले हाम्रो पालामा बढाएका छैनौ र होइन पनि ।बरु घटाएका चाहिँं हो ।´
स्वतन्त्र नागरिक समाजको अगुवाइमा बनाएको एसएनएस गार्डेन मेयर हर्क साङ्पाङ उप मेयर आईन्द्र बेघा २० नम्बर र ४ का वडा अध्यक्षको उपस्थितिमा उद्घाटन भएको हो ।
Discussion about this post