अचम्मको खेल `पानी सुल्के´ प्रतियोगीता हुने

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

नबिन रम्तेल
धरान । प्राय:कसैले नसुनेको अचम्म को खेल पानी सुल्के खेलको सुनसरीको चतरामा प्रतियोगिता हुने भएको छ।

 

धार्मिक,ऐतिहासिक महत्व बोकेको बराहक्षेत्रलाई फेरि अर्को अनौठो खेल प्रतियोगिता हुने भएकोले अझै चर्चामा पुर्याएको छ ।

युवा सशक्तीकरण, मेलमिलाप र आपसी सदभाव भन्ने नारा लिएर सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न १ मा अवस्थित चतरा नहरमा पहिलोपटक स्टोन स्किपिङ (Stone Skipping/Skimming) खेल आयोजना हुदैछ। जस्लाई नेपालीमा “पानी सुल्के” नाम राखिएको कुरा आयोजक चतरा हाईकिङ्ग समूहका सदस्य नवराज बिष्टले बताउनुभयो

 

यही कार्तिक २८गते गोवर्द्धन पूजाको दिन बिहान ११:०० बजेदेखि सुरु हुने प्रतियोगितामा रु. एकसय तिरेर सहभागी हुन सकिनेछ।
उक्त दिन नेपालकै  ठूलो चतराको नहरमा चेप्टो,गोलो ढुंगालाई एक हातले पानीको सतहमा हुईक्याएर जति ढुङ्गा पानीमा बाउन्स(उफार्न) गराउन सकिन्छ  उहि बिजेता हुने कुरा आयोजक समितिका सदस्य युवराज भट्टराईले बताउनुभयो।

१५औं शताब्दी देखि नै अमेरिका ,आयरल्यान्ड, स्कटल्यान्ड लगायतका मुलुकमा स्टोन किपिङ्ग भनेर हरेक वर्ष प्रतियोगिता हुने गरेको तथ्य पाइएको कुरा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा आयोजक समितिका सदस्य भिषण राईको रहेको छ। Stone skipping मा ८८पटक पानीको सतहमा चेप्टो ढुंगा बाउन्स गराएर अमेरिकी नागरिक कर्ट स्टेईनरले सन् २०१३ मा विश्व कीर्तिमान राखेका थिए।
धरानको मधुशाला चियालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईए अनुसार प्रथम हुनेलाई नगद रु पाँच हजार,द्वितीय हुनेलाई नगद रु तीन हजार र तृतीय हुनेलाई नगद रु दुईहजार तथा सम्मानपत्र प्रदान गरिने छ।यो खेल स्वास्थ्यबर्धक र मनोरञ्जनात्मक हुने कुराले सबैको ध्यान तानेको दाबी आयोजक समितिको रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित