बसन्तराज सुब्बा
झापा । कोशी नाम खारेजी आन्दोलनका घाइते गजेन्द्र फागो ७ महिनापछि आफ्नो घर फर्कदा उनलाई भव्य स्वागत गरिएको छ ।
पहिचानको आन्दोलनमा प्रहरीको गोली खाई सक्त घाइते भएका गजेन्द्र फागो काठमाडौमा उपचारत रहेका उनी ७ महिना पछि घर फर्कदा उनलाई कार्तिक २२ गते केर्खा बजारस्थित नरेन हाङ लिम्बुको निजि घरको प्राङ्गणमा भव्य स्वागत गरेका थिए । उनलाई नरेनहाङकै अध्यक्षतामा एक भव्य स्वागत-सम्मान कार्यक्रम गरेको हो ।
मुलत: प्रदेश एकमा पहिचानको आधरमा लिम्बुवान किराँत हुनुपर्छ भन्ने पहिचानवादीहरुको जारी लामो आन्दोलन र पहिचान बिरोधि राजनितीक दलहरुको मतभिन्नताले राजधानी तोक्न सकेपनी नामाङ्कन गर्न सकेको थिएन।
तर २०७९ मङ्सिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछी फाल्गुन १७ गते मुख्यमन्त्री हिक्मत कार्कीकोले षड्यन्त्रपुर्बक प्रदेश न.१ को नाम दुइतिहाई बहुमतले कोशी राखेपछी प्रदेश एकका पहिचानवादी राजनीतिक दल र जातिय संघ संस्थाहरुले प्रदेश एकमा पुन: नामाङ्कन सयुक्त संघर्ष समिती स्थापनागरी पहिचानवादिहरुको आन्दोलन राजधानी बिराटनगर केन्द्रित सशक्तरुपमा उत्रिदै आएका थिए । बिराटनगरका अलवा बिस्तारै त्यो आन्दोलन अन्य ठाउँहरुमा पनि कोशी नामाङ्कन विरुद्ध शान्तिपूर्ण बिरोध गर्नेक्रममा बैशाख २५ गते साझमा दमक नगरपालिकाको गणतन्त्र चौक उत्तरतर्फ शान्तिपूर्ण मशाल जुलुस निकालेका थिए । कोशी प्रदेशमा भोट लाउने ८८ सांसददहरु र मुख्यमन्त्री हिक्मत कार्कि विरुद्ध चर्को नारासहित शान्तिपुर्वक राकेजुलुस निकाल्दा प्रहरीहरुले जबरजस्ती राँको निभाउने प्रयासगर्दा उत्पन्न दुइपक्ष कडा झडप हुँदा दर्जनौ प्रदशनकरी र आधा दर्जन शुरक्षाकर्मीहरु पनि घाइते भएका थियो।
५० भन्दाबडी अश्रुग्यास प्रहरीद्वारा फायर गरेका थिए भने सोहिक्रममा प्रहरीले चलाएको गोली लागि इलाम चुलाचुली निवाशी गेजेन्द्र फागोको देब्रे घुडामा गोली लागि गुडाको पाङ्ग्रा उड्नेगरी लागी ढलेका फागोलाई त्यसमाथिपनी लात्तै लात्ताले हिर्काएर प्रहरी दमनको क्रुता प्रदशन भएको कुरा प्रत्यक्षदर्शीहरुले बताएका थिए । सोहि क्रममा उपचारका लागि काठमाडौ लगिएका जिँउदो सहिद गजेन्द्र फागो अहिले सात महिनापछी फर्किएका हुन । उनी उपचार अवस्थामा हुँदा उनको श्रीमती गर्भवती थिए ।
उक्त स्वागत तथा सम्मान कार्याक्रमा प्रमुख अथिती किराँत याक्थुङ चुम्लुङ केन्द्रिय सदस्य चन्द्रकला राई, सलोराम प्रान्तिय उपाध्यक्ष तथा एलभि कमान्डर थाङ्साङ लावती, पुन:नामाङ्कन सयुक्त संघर्ष समिती झापा जिल्ला सचिव तथा किराँत याक्थुङ चुम्लुङ अध्यक्ष सेसेहाङ फ्याक, किराँत राई यायोक्खा चुलाचुली गाउँपालिका अध्यक्ष मिलन रुम्दाली राई, दमक नगरपालिका पहिचानवादी महिला नेतृ बन्दना नेम्बाङ लगायतले आफ्ना भनाई सहित स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए। सलोराम एल भि केन्द्रिय सिनियर उप कमाण्डर मन्डेम लिम्बु , सिनियर फिल्ड कमान्डर शरण बेघा लिम्बु , मन्चको कमल गाउँपालिका अध्यक्ष तेज आङ्देम्बे, किराँत राई यायोखा वडा न.४ अध्यक्ष बुद्धि राई , लगायतको उपस्थिति थिए । स्वागत मन्तव्य कमल गाउँपालिका पुन: नामाङ्कन सयुक्त संघर्ष समिती उपसम्योजक दिवस सामम्फेले गरेका थिए ।कार्यक्रमलाई सहजीकरण पहिचानवादी नेत्री निर्मला लिम्बुले गरेकी थिइन ।
Discussion about this post