नबिन रम्तेल
धरान । नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य एवं राष्ट्रिय दलित पत्रकार संघ केन्द्रिय सदस्य तथा गणराज्य साप्ताहिक ईटहरीका प्रधान सम्पादक पि.बि दियालीको स्वास्थ्यमा गम्भीर समस्या देखा परेको छ।
बि.पि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा उपचाररत पत्रकार दियालीको दुबै मृगौलाले काम गर्न छाडेको परिवार स्रोतले बताएको छ।
डाक्टरहरूले तुरुन्तै मृगौला प्रत्यारोपण गर्न समेत सल्लाह दिएका छ्न् तर वहाँको आर्थिक अवस्था कमजोर रहेकोले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ। जसका लागि पि बि दियाली बचाउ अभियान समेत शुरु भै सकेको छ।
दोस्रो जनआन्दोलनका समयमा प्रहरीको निर्मम यातना खेपेका पत्रकार दियालीको सोहि समयदेखि उच्च रक्तचाप र मधुमेहको समस्या शुरु भएको थियो। सुगर प्रेसरको नियमित औषधि सेवन गरिरहेको अवस्थामा रगतमा क्रीटिनाईनको मात्रा अत्याधिक बढेसँगै दुबै मृगौलाले काम गर्न छाडेको दियाली स्वयंले बताउनु भयो । लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएको उहाँ एक निडर र हक्की पत्रकारका रुपमा परिचित हुनुहुन्छ।
धरानको ब्लाष्ट टाईम्स राष्ट्रिय दैनिकलाई शुरूवातको अवस्थामा निकै उचाईमा पुर्याउन योगदान गर्ने पत्रकारका रुपमा चिनिनु भएको उहाँ तिन महिना हिरासतमा रहनुका साथै १ बर्ष नजरबन्दमा पर्नु भएको थियो।
पत्रकार महासंघको दलित बिभाग प्रमुख तथा समाजबादी प्रेस संगठनको केन्द्रीय सदस्यको भुमिकामा समेत रहनु भएकोमा सबैप्रति सहयोगको हात बढाईदिन हुन समेत आग्रह गर्नुभएको छ । आफ्नो सहयोग अपिलमा आफ्नो ब्यक्तिगत खाताको क्युआर कोड समेत राखिदिएकोले रकम सिधै आफ्नो खातामा आउने बताउनु भयो।
सम्पत्तिका नाउँमा एउटा सानो घर बाहेक केहि नभएको र उहाँ एकछोरा र श्रीमतिका साथ ईटहरीमा बस्नुहुन्छ।
तिन दशक देखि व्यावसायिक पत्रकारिता गर्दै आउनुभएको उहाँले लोकतन्त्र स्थापनाका लागि र पत्रकारिताका विकासका लागि ठूलो योगदान दिनु भएको छ । उहाँ समग्र दलितहरुका एक अभियन्ता मात्रै नभएर एक नक्षत्र समेत भएकोले उहाँलाई बचाउन समग्र पत्रकार,दलित अभियन्ता,संघसंस्था लाग्नुपर्ने बताउनु हुन्छ सहकर्मी रणध्वज लोहार।
Discussion about this post