भुकम्प पीडितलाई मेयर कोषबाट साङ्पाङ्ले पाँच लाख दिने

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले गत शुक्रवार जाजरकोटमा गएको भुकम्प पिडितको लागि मेयर कोषबाट ५ लाख रुपैया प्रदान गर्ने भएको छ ।

मेयर हर्क साङ्पाङले सामाजिक संजाल फेसबुकमा मंगलबार स्टाटसलेख्दै भुकम्प पिडितको लागि भनेर मेयर कोषबाट राहत उपलब्ध गराउने घोषणा गरिएको छ । मेयर साङ्पाङले लेखेको छ – ` जाजरकोटका भूकम्प पिडितहरुलाई तत्कालका लागि मेयरकोषबाट रु. ५ लाख सहयोग गर्ने निर्णय गरियो ! जय धरान ।´

गत कार्तिक १७ गते राति करिब ११:४५ बजे जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युट भुकम्प जाँदा उप मेयर सहित १७५ जनाबढिको ज्यान गएको छ । त्यसैगरी तीन सय बढि घाइते भएका छन । कयौं घरबार बिहिन भएको छ । अझै पनि पराकम्प गैरहेको छ ।

भुकम्प पीडितका लागि भनेर भाटभाटेका संचालक मिनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार राहत प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरिसकेको छ । पीडितलाई विभिन्न संघसंस्था देश बिदेशबाट राहत आउने क्रम जारी छ ।

तस्बिर : रातोपाटि

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित