काठमाडौ । धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र बिक्रम बेघा धरानका समस्या लिएर प्रधानमन्त्री प्रचण्डसमक्ष पुगेको छ ।
सँधैभरी गिजोलिरहने बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान सहितको समस्या समाधान गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको कुरा उपमेयर आइन्द्र बिक्रम बेघाले जनाएको छ । धरानमा रहेका यस्ता खाले समस्या समाधान गर्नका लागि प्रचण्ड समक्ष राखिएको हो ।
उपमेयर बेघाले समस्या प्रस्तुत गर्दै समाधानका बिषयमा छलफल भएको जनाएको छ । त्यसैगरी धरानका अन्य समस्याहरूमा खानेपानीको लागि समाधानको लागि पनि राखिएको छ । स्थानीय स्रोतलाई मेयर हर्क साङ्पाङको श्रमदान अभियानबाट व्यावस्थापन भैरहेको छ । तर दीर्घकालीन समाधानका लागि भने सप्तकोसी नै रहेको भन्दै आवस्यक बजेटको लागि यस अघिदेखि नै प्रस्ताव गर्दै आईरहेको छ ।
त्यसैगरी बिराटनगरदेखि किमाथांका राजमार्गको विषय पनि धरानको अर्को समस्या रहेको छ । यस विषयमा कार्यपालिका बैठकले हरेको निर्णय जानकारी प्रधानमन्त्री समक्ष राखिएको जनाएको छ । हालसम्म धरानको प्रवेशद्वार तीनकुनेसम्म सडक बिस्तार भएको छ । तर त्यहाँबाट कसरी लान सकिन्छ भन्ने अझै अन्योल छ । भएको घर भत्काएर लाने कि बैकल्पिक रुपमा लाने भन्ने अझै निर्णय हुननसक्दा सडक बिस्तार हुनसकेको छैन । घर भत्काउदा त्यस वापतको क्षतिपूर्ति र मुअब्जा थप ब्ययभार पर्ने भएको छ । तर कार्यपालिका बैठकको निर्णय अनुसार जान के कस्ता कठिनाइ हुन्छ त्यो भने हेर्न बाँकि नै छ ।
धरानमा रहेको हाइटेन्सन,तरहरा पानीपिया सडकखण्ड लगायतका धरानका समस्या समाधानको विषयमा छलफल भएको जनाएको छ ।
Discussion about this post