मेयर हर्क साङ्पाङले किनिएको दुई ट्रीपर दुई स्काभेटर

निमा पोङ्स्युवा

धरान । संविधान जारी भएपछिको दोस्रोपटकको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि आएका मध्ये चर्चामा रहेको काठमाडौ महानगर र धरान उपमहानगर हो ।

धरान र काठमाडौमा संयोगबस पनिस्वतन्त्र उम्मेदवारको सानदार बिजय भए । अर्को संयोग तत्कालीन स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङ र बालेन्द्र साहको चुनाव चिन्ह पनि लौरो थिए । जब मतगणना शुरु भए दुबै उम्मेदवारको अग्रताले देशभर सनसनी पुर्ण तहल्का मच्चाए ।

जब निर्वाचित भएर आए ७५३ स्थानीय सरकार मध्ये काठमाडौ महानगरपालिका र धरान उपमहानगरपालिकाको काम गर्ने शैलीले देशभर मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा चर्चा प्रसंसा भैरहेको छ  ।

कोखाखोला पानी ल्याउन जुटेका पाईप तान्ने श्रमदाताहरु

धरानमा हर्क साङ्पाङ मेयर निर्वाचित भएपछि काम थालनि गर्ने क्रममा कार्यपालिका बैठक शुरूवातमै स्थगित हुन पुगे । धरान उपमहानगरपालिका आफैमा सक्षम हुनुपर्छ भन्ने सोचाइ अनुसार तत्कालीन मेयर तारा सुब्बाको पालामा किनिएको गाडि बेच्ने कुरा ल्याए । त्यो गाडि बेचेर स्काभेटर रोलर लगायत खरिद गर्ने उद्घोष गरेका थिए । मेयर हर्क साङ्पाङ भन्छ तर सरकारी नम्बर प्लेट बेच्न नमिल्ने रहेछ । उनि भन्छ राम्रो कण्डिसनको गाडि कवाडिको भाउमा जाने संभावना हुनेरहेछ । पछि यस्तो हुँदा अख्तियारले पनि छानबिन गर्न सक्ने रहेछ । त्यहि भएर तत्कालीन खरिद गरिएको गाडि बेचेर स्काभेटर लगायत किन्न सकेन ।

तर जे कुरा उद्घोष गरे गरे मेयर हर्क साङ्पाङले गरेर छाडे । उनले पहिलो चोटि स्काभेटर रोलर किने । स्काभेटर अहिले पालिका भित्र प्रयोग भैरहेको छ । यसरी स्काभेटर खरिद गरेपछि पालिकाले दुईवटा ट्रीपर पनि खरिद गरे । अहिले धरान उपमहानगरपालिकामा दुईटा स्काभेटर दुईटा ट्रीपर छ । मेयर साङ्पाङ भन्छ यस अघिका जनप्रतिनिधिले किन खरिद गरेन भनेर सोचे । उनि भन्छ सबैको आ आफ्नै स्काभेटर ट्रीपर रछ अनि नगरपालिकामा किन्ने कुरै भएन ।

यतिबेला कार्यपालिका बैठक स्थगित भएको छ । शुरूवातबाट नै स्थगित हुँदै आएको बैठक हाल बजेट आईसकेपछि त्यहि आत्तिहाल्नुपर्ने अवस्था भने देखिदैन । तर पनि अत्यावश्यक महत्वपूर्ण कामको लागि भने निर्णय कार्यपालिका बैठकबाट गर्नुपर्ने भएकोले काम गर्न बाधा भने देखिन्छ । बैठक बहिस्कारको मार खेपेका मेयर हर्क साङ्पाङ स्थगित बैठक बोलाउन चामल गनेर जोखाना हेर्ने बताउछन । `अर्को बैठक कहिले बोलाउने हो जोखाना हेनुपर्छ । ´

स्काभेटर ट्रीपर खरिद गर्नु अघि धरानको नदि खोला सबै कुनै हालतमा उत्खनन गर्न ठेक्का नलगाउने भनेपछि अर्को तरंग छाए । धरान भित्र आवस्यक पर्ने गिटि बालुवा निकाल्ने तर बजेट बढाउने नाममा प्राकृतिक श्रोत उत्खनन नगर्ने अडानमा मेयर साङ्पाङ रहे । तत्कालिन अवस्था साङ्पाङ अभियन्ता हुँदा सर्दु खोलामा गिटि बालुवा मापदण्ड बिपरित उत्खनन गरेको भन्दै बिरोध जनाएका थिए । त्यहि क्रममा सहकर्मी राजेश खिम्दुङको समुहमाथि ठेकेदारका समुहले आक्रमण गरेका थिए । कार्यपालिका बैठकमा यस्ले तहल्का मच्चाए । यदि आन्तरिक श्रोतको लागी नदि खोला उत्खनन नगर्ने हो भने कसरी बजेट बढ्छ भन्ने कुरा ब्यापक उठे । आन्तरिक श्रोतमा केहि कमि भने पक्कै आए । तर प्रकृतिक श्रोतको संरक्षण गर्नुको सट्टा यस्लाई दोहन गरेपछि प्राकृतिक प्रकोप बढ्ने भन्दै त्यसको संरक्षणमा लागे । फलस्वरूप आफ्नो कार्यकालमा एक करोड बढि वृक्षरोपण गर्ने भन्दै अभियान थालिए ।

सर्दुमा गिटिबालुवा निकाल्ने ठेकेदारबाट आक्रमण भएका राजेश खिम्दुङ

यतिबेला खोलानदिको गिटिबालुवा बेचेर आन्तरिक श्रोत नजुटे पनि श्रमदान तथा आर्थिक अनुदानबाट करोडौंको खानेपानी संरचनाहरु बनेका छन । मेयर हर्क साङ्पाङ भन्छ – `मैले श्रमदानबाट १५ करोड बढिको काम गरेको छु ।´श्रमलाई आर्थिक रुपान्तरण गर्ने हो भने त धेरै हुन्छ । धरानमा खानेपानीको मुद्दालाई अगाडि सारेर चुनावी मैदानमा उत्रेका हर्क साङ्पाङले धरान भित्र रहेका स्थानीय श्रोत ब्याबस्थापन गरेपछि भने ८० प्रतिशत समस्या समाधान भएको दाबि मेयर साङ्पाङ गर्छ्न । उनि भन्छ यतिले मात्र हुदैन दीर्घकालीन समाधान भनेको सप्तकोसीको पानी ल्याउनु नै हो । अव त्यो प्रोजेक्ट पनि अगाडि बढिसकेको जानकारी गराउछ्न । धरानको स्थानीय श्रोत ब्याबस्थाओअन गर्ने क्रममा पहिलो काम पकुवा खोलाको पानी ल्याए । त्यो पानीले वडा नम्बर ११ र १७ मा उपभोग भैरहेको छ । त्यसपछि सर्दुखर्दु निशानेमा हानिए । गोर्खा भुपु सहित देशबिदेशको सहयोग स्थानीय श्रमदानले २ लाख पचास हजार लिटर क्षमताको ट्यांकि बन्यो । त्यो कुरामा आलोचना आयो । बर्खा मात्र हो हिँउदमा कमिला कुद्छ भनेर । त्यसपछि भालु खोला हानिए धन्यवाद ट्यांकि निर्माणपछि वडा नम्बर १५ वासिको लागि सहज भए ।

जब कोखा खोलाको पानी अभियान शुरु भए निक्कै कठिन अथक प्रयासपछि करिब ४२ किलोमिटरको दुरि ३ महिनामा सफल भएपछि कमिला कुद्छ भन्नेको मुखमा बुचो लगायो । डेङ्गि आए कोखाको पानीले डेङ्गि फैलाए भनेर कमिला कुद्ने कुरा जस्तै अफवाह फैलाउन बिपक्षी लागे । यता गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा खर्दुमा ३ करोड ३९ लाखको अर्को प्रोजेक्ट सम्पन्न गरि हस्तान्तरण भए ।

गोर्खा वेलफेयर ट्रष्टबाट ३ करोड ३९ लाखको खर्दु खानेपानी प्रोजेक्ट

यसरी एकपछि अर्को श्रमदान तथा सहयोगबाट काम हुँदै गएपछि कस्को निद हराम हुदैन र ? खुट्टा तन्ने प्रवृत्ति बढ्ने नै भयो । कसरी हुन्छ धमिल्याउने उदेश्य राखि गोरु काण्ड चर्च काण्ड फैलाएर असफल बनाउन लागि परे । तर सामाजिक संजालको जमाना अनलाइन मिडिया डिजिटल युग ढाँटेर छलेर छोपेर राख्न नसकिने समय ।

यतिबेला नगरपालिकाको आँगलमा दुईवटा स्काभेटर दुईवटा ट्रीपर भएपछि ठेकेदारको मुख ताक्नु नपर्ने अवस्थामा धरान उपमहानगर भएको छ । आगामी दिनमा यस्ता साधन केके खरिद गरि सम्पन्न बनाउने हुन त्यो हेर्न बाँकि छ ।

मेयर हर्क साङ्पाङले धरान उपमहानगरपालिकाको लागि खरिद गरिएको ट्रीपर र स्काभेटर

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित