सुनसरी । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादी सत्यनारायण यादवलाई पक्राउ गरि कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए अनुसार सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७१ पौष २३ गतेको फैसला उपर पुनरावेदन भई सम्मानित सर्वोच्च अदालतको मिति २०८० बैशाख ५ गतेको फैसला आदेशले ५ बर्ष कैद हुने फैसला भएकोमा उक्त वारदातमा सम्लग्न रहि फरार रहेका थिए । प्रतिवादी यादव जिल्ला सुनसरी साविक पूर्वकुशाहा गा.वि.स. वडा न. १ हाल दुहवी न.पा. वडा न. १२ पूर्वकुशाहा वस्ने सत्यनारायण यादवको खोज तलाश गर्ने क्रममा मिति २०८० कार्तिक ११ गते विहानको ८ बजेको समयमा जिल्ला सुनसरी दुहवी न.पा. वडा न. १२ पूर्वकुशाहा टोल स्थितमा ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको टोलीले फेला पारी पक्राउ गरीएको जनाएको छ । निज प्रतिवादी सत्य नारायण यादवलाई फैसला कार्यन्वयनको लागी भन्दै मिति २०८० कार्तिक १२ गते सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराएका थिए । प्रतिवादी सत्य नारायण यादवलाई कैद भुक्तानको लागी कारागार कार्यालय झुम्का सुनसरी पठाईएको कुरा प्रहरी नायव उपरीक्षक नबिनकृष्ण भण्डारीले जानकारी दिए ।
Discussion about this post