धरान । प्रबोध साप्ताहिक पत्रीकाका प्रधान सम्पादक प्रकाशक लम्जेल संघर्षशिलको आठौं दिनको शोकसभा गरियो ।
प्रबोध साप्ताहिक समुहको आयोजनामा सोमबार धरान स्थित विमल स्मृति पुस्तकालयमा भएको हो । सभामा धरान तथा धरान बाहिरबाट श्रद्धाञ्जली दिन सहभागी भएका थिए । नेपाल पत्रकार महासंघ सुनसरी,अनलाइन मिडिया एसोसिएसन नेपाल,प्रेस चौतारी,नेवा पत्रकार दवु,मिजार समाज,नेपाल आदिवासी जनजाति नगर महासंघ,लगायत संघसंस्थाबाट समबेदनापत्र सहित श्रद्धाञ्जली दिएका थिए ।
शोक सभामा स्वर्गीय लम्जेलको बिषयमा चर्चा गर्दै शोक मन्तव्य दिएका थिए । लम्जेल संघर्षशिलका तयारी अवस्थामा रहेका पकाशोन्मुख कृति र हाल प्रकाशन भैरहेको प्रबोध साप्ताहिक पत्रीकालाई कसरी अगाडि लान सकिन्छ भन्ने विषयमा पनि शोक मन्तव्यको अवसरमा कुरा उठान भएका थिए ।
लम्जेलले प्रकाशन गर्दै आएको प्रबोध साप्ताहिक पत्रीका नासोको रुपमा रहेको भन्दै सबैले एक मत जाहेर गर्दै निरन्तरता दिन आवस्यक रहेको बताए । लम्जेलका जीवन संगिनि जमुना श्रेष्ठले बिगतमा पनि संघर्षरत रहेका पत्रीका प्रकाशन गरेको भन्दै यसलाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता जनाउदै त्यसका लागि सबैको साथ सहयोगको अपेक्षा जनाए । शोक सभा कार्यक्रम प्रबोध साप्ताहिक परिवारका लोकराज निरौलाले संचालन गरेका थिए । शोकसभामा लम्जेलका चिनारीलाई लता कार्किले प्रस्तुत गरेका थिए ।
कम्युनिस्ट विचारमा रहेका पत्रकार मात्र नभै साहित्यकार समेत रहेका लम्जेलको गत कार्तिक ६ गते असामयिक निधन भएको हो । ओपन हार्ट सर्जरी गरि मुटु रोगि रहेका लम्जेल ३९ वर्षको अल्पायुमा निधन भएको थियो ।
लम्जेल संघर्षशिलको चिनारी
कथाकार : लम्जेल सङ्घर्षशील
जन्मस्थान : शान्तिडाँडा-४, फुटुक इलाम (हालः देउमाई नगरपालिका-६, इलाम)
जन्ममिति : २०४१ साल भदौ २८ गते शुक्रबार
आमाको नाम : कौशिल्या तोलाङ्गी
बुबाको नाम : रेशबहादुर लम्जेल (वि.सं. १८८८ असार १५ गते- वि.सं. २०७७ साउन ७ गते)
दाजु : रितवीर लम्जेल
दिदी : सरिता लम्जेल
बसोबास धरान-७, सुनसरी, नेपाल
लेखन कार्य :-
लेखन प्रारम्भ
प्रथम प्रकाशित रचना : २०५४ साल (हाम्रा कलिला मुठ्ठी -कविता) विद्रोहको ज्वाला कविता (झापाबाट २०५५ साल फागुन १४ गते प्रकाशित स्वाधीन साप्ताहिक पत्रिकामा नाटक, कथा, कविता, गीत, हाइकु, उपन्यास, समालोचना साहित्यिक, सांस्कृतिक, राजनीतिक लेख
लेखन विधा
प्रकाशित कृति –
१. उत्सर्ग नाटकसङ्ग्रह (२०७० असोज)।
१२. मुक्ति कथासङ्ग्रह (२०७८. चैत्र) साहित्यिक / सांस्कृतिक लेख, संघ संस्थामा आबद्ध
१. प्रगतिशील लेखक सङ्घ नेपाल -केन्द्रीय सदस्य, इतिहास तथा सामाजिक अध्ययन केन्द्रीय विभाग सचिव (२०७२ चैत्र २७ गतेदेखि -२०७५ फागुन २८ गतेसम्म)
२. अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय सदस्य (कोचिला राज्य समिति मेची-कोसी न्युरो संयोजक (२०६८ असार ३१ गतेदेखि २०७८ सम्म)
३ अखिल नेपाल लेखक सङ्घ केन्द्रीय उपाध्यक्ष (२०७५ मङ्सिर १ गतेदेखि २०७८ सम्म)
४ . बिहानी जनसांस्कृतिक समाज महासचिव (२०६५ माघ ४ गते) ५. साहित्य अनुसन्धान परिषद् नेपाल- आजीवन सदस्य / २०७१ कार्तिक २६ गतेदेखि सल्लाहकार
६. छिन्ताङ -सुखानी सांस्कृतिक मञ्च नेपाल सल्लाहकार (२०७७ – चैत्र ५ गते)
पत्रकारिता प्रारम्भ :-
२०५५ साल फागुन (झापाबाट प्रकाशित स्वाधीन साप्ताहिक, इलाम (प्रतिनिधि)
पत्रकारितामा संस्थागत आबद्वता :-
१. नेपाल पत्रकार महासंघ सदस्य
२. नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय सदस्य (२०७८ मङ्सिर ३ मते). एक नम्बर प्रदेश समिति अध्यक्ष (२०७६ कार्तिक २२ गते)
शिक्षण :-
१. मदरल्याण्ड इङ्लिस स्कुल धरान-७ (वि.सं.२०५८ साल मङ्सिर महिनाबाट ६ महिना विज्ञान विषय शिक्षक) लिटल हार्ट इङ्लिस स्कुल धरान-११. कल्याण चोक (हाल . २
भिक्टोरी रेसिडेन्सियल स्कुल, वि.सं. २०६० असार १३ गतेदेखि २०६३ साउनसम्म विज्ञान विषय शिक्षक)
३. श्री सरस्वाती मा. वि. पानवारी, धरान-६ सुनसरी, (२०६३ जेष्ठ २५ देखि २०७८ असार मसान्तसम्म विज्ञान विषय शिक्षक)
सम्पादन
२. नयाँ विहानी मासिक साहित्यिक पत्रिका – २०६२ (असोज-चैत्र) नयाँ बिहान साप्ताहिक (२०४३ मा मासिक साहित्यिक पत्रिका साप्ताहिक भएपछि २०६८ सालसम्म)
४. नौलो अभियान साप्ताहिक पत्रिका (सह-सम्पादक, २०६४ साल साउन
४. देवि २०६५ सालसम्म)
५. स्वर्ण महोत्सव स्मारिका-२०६६ (श्री सरस्वती माध्यमिक विद्यालय पानवारी, धरान, सुनसरी)
४. प्रलेस २०६७ (प्रगतिशील लेखक सङ्घ सुनसरी शाखा मुखपत्र (सम्पादन तथा व्यवस्थापन सहयोगी)
७. स्मारिका- २०७१ (दलित उत्थान समन्वय समिति घर)
८. स्रष्टा सङ्गम (प्रगतिशील लेखक सङ्घ सुनसरी शाखा मुखपत्र २०७२)
८. रजत जयन्ती स्मारिका-२०७६, मिजार सेवा समाज धरान
सञ्चार माध्यम :-
६. गुफाथुम्की गर्जन त्रैमासिक साहित्यिक पत्रिका सम्पादक/प्रकाशक (२०७० देखि निरन्तर )
२. प्रबोध साप्ताहिक पत्रिका सम्पादक (२०६८ देखि निरन्तर)
३. प्रबोध साप्ताहिक अनलाइन निर्देशक (२०७५ देखि निरन्तर)
प्राप्त प्रशंसा पत्र :-
११. श्री निशानदेवी आधारभूत विद्यालय धरान-५ (पत्रकारिता क्षेत्र, २०६४ पुस १७ गते)
२. धरान नगरपालिका स्वर्ण महोत्सव (साहित्य क्षेत्र, २०६७ माघ १७ गते)
प्राप्त कदर-पत्र :-
१. अमर सेवा समाज धरान-१३, अमरहाट (कविता वाचन, २०६० साल)
२. विजयपुर साप्ताहिक पत्रिका (कविता वाचन, २०६३ साल वैशाख ६ गले)
३. श्री सरस्वती माध्यमिक विद्यालय पानवारी स्वर्ण महोत्सव (शिक्षण)
स्मारिका सम्पादन, २०४६ माघ ४ गते)
प्राप्त सम्मान –
इलामेली विद्यार्थी परिवार केन्द्रीय प्रविधि क्याम्पस धरान हात्तिसार (साहित्य क्षेत्र, २०६० जेठ ११ गते)
२. नौलो अभियान राष्ट्रिय साप्ताहिक पत्रिका धरान (पत्रकारिता क्षेत्र २०६४ असार ३ गते)
३. लक्ष्मी वाचनालय धरान (साहित्य क्षेत्र, १०५ औ लक्ष्मी जयन्ती २०७० कार्तिक १७ गते)
४. आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकीका सन्दर्भमा धरान साहित्य महोत्सव समारोह समिति २०७१ (साहित्य क्षेत्र, २०७१ असार २८ गते)
५. दलित साहित्यकार मञ्च नेपाल (साहित्य क्षेत्र, २०७३ जेष्ठ २२ गते)
६. मिजार सेवा समाज धरान (साहित्य र पत्रकारिता क्षेत्र, २०७३ असोज ८ गते)
1७. कृपा सामुदायिक विकास संस्था धरान-१५ (पत्रकारिता र उद्घोषण क्षेत्र, २०७६ माघ २३ गते)
८. किरात याक्खा छुम्मा धरान (पत्रकारिता क्षेत्र, २००८ साल पुस ४ गते)
८. नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् धरान (पत्रकारिता क्षेत्र, २०७१ साल साउन २४ गते २८ औ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस)
पुरस्कार :-
१. कविशिरोमणि साहित्य साधना समाज धरान-१६ (श्रमिक भ्रष्टा
पुरस्कार २०७४ पुस १५ गते)
२. दिव्य रोशनी साप्ताहिक पत्रिका धरान (सिर्जनशील पत्रकारिता पुरस्कार २०७५ वैशाख ३१ गते )
श्रमिक वर्ग अभियान
२०५४ साल भाद्र २१ गते नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज शान्तिडाँडा गाउँ समिति सचिव कार्तिक गते इलाम क्षेत्र नं. ३ उपाध्यक्ष २०५५ साल पुस ११ गते इलाम जिल्ला समिति सदस्य, २०६६ जेठ १० गते नेपाल स्वतन्त्र दलित विद्यार्थी संगठन केन्द्रीय सदस्य, २०६६ साल पुस १५ गते नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा कोचिला राज्य समिति सदस्य तथा सुनसरी सल्लाहकार, २०६८ साल साउन १३ गते दलित पत्रकार मञ्च नेपाल सचिव, २०७१ साल जेठ १७ गते दलित साहित्यकार मञ्च नेपाल सचिव, २०७३ असार १ गतेदेखि २०७५ सम्म नेपाल दलित साहित्य तथा संस्कृति प्रतिठान राष्ट्रिय प्रज्ञा परिषद् सदस्य, २०७४ साल फागुन २ गते मोरङ जिल्लाको बेलबारीमा स्थापना गरिएको मिजार समुदाय महासंघ स्थापनाकर्ता र परिकल्पनाकार
राजनैतिक यात्रा :-
२०५५ साल फागुन १ गते तत्कालीन नेकपा(माओवादी) निकट अखिल क्रान्तिकारी शान्तिडाँडा गाउँ एकाई कमिटी उपाध्यक्ष, फागुन ११ गते गिरफ्तार, गिरफ्तारपछि पार्टी र विद्यार्थी संगठनको स्थायी संगठन नभएकाले सम्पर्क हुन सकेन, २०४६ बैशाख २१ गते नेकपा (माले) इलामको संगठित सदस्यता, इलाम क्षेत्र नं. ३ पार्टी क्षेत्रीय कमिटी सचिवालय सदस्य, २०५८ सालमा नेकपा (माले) निकट अनेरास्ववियू सुनसरी जिल्ला सचिव, २०५८ सालमा केन्द्रीय सदस्य, २०५८ साल फागुनमा सुनसरी पार्टी सम्पर्क: पर्वत कोइराला सहिद भएपछि चिनचान नभएका कारण पार्टी सम्पर्कबाहिर निरन्तर वैचारिक बहस, २०६५ सालमा एकीकृत नेकपा (माओवादी केन्द्र) सुनसरी जिल्ला समिति सदस्य र तत्कालीन पाँचकन्या गाउँ कमिटी सह इन्चार्ज, २०६८ साल साउनमा नेपाल कम्युनिष्ट पार्टी- माओवादी कोचिला राज्य समिति सदस्य, २०७२ सालमा नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चा हुँदै निरन्तर राजनीतिक, सैद्धान्तिक, वैचारिक रूपमा क्रियाशील र श्रमिक वर्गको नेपाली कम्युनिस्ट पार्टी निर्माणको बहस, खोज, अनुसन्धानमा लगनशील, साहित्यिक, सांस्कृतिक र पत्रकारिता क्षेत्र रूपान्तरण अभियानमा निरन्तर क्रियाशील
हिरासत यातना
१. नेपाली महान् जनयुद्धलाई २०५५ फागुन ११ गते लेखन र विद्यार्थी फाँटबाट सहयोग पुयाएले पक्राउ गरी इलाम मंगलबारे हिरासतमा ३ दिन यातना
२. समाचार संकलनका क्रममा नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्दलाई सफल पार्न मसाल जुलुस गरेर सर्वसाधारणलाई आतङ्कित पारेको अभियोगमा २०७४ फागुन ७ गते पक्राउ, चार दिनसम्म धरान इलाका प्रहरी कार्यालय हिरासतमा यातना, वि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान घोपाको आकस्मिक कक्षमा उपचारका क्रममा हत्कडी लगाएर २४ घण्टासम्म यातना र १४ महिना झुटो मुद्दाको सामना
स्वास्थ्य अवस्था :-
२०७० चैत्र २३ गते सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी काठमाडौमा ओपन हार्ट सर्जरी पश्चात् हाल नियमित औषधी सेवन र उपचाररत
Discussion about this post