मिजारहरुका धरोहर लम्जेल संघर्षशिलको अवसान,संक्षिप्त जीवनी (भिडियो सहित)

 

नविन रम्तेल

धरान । धरानबाट प्रकाशन हुने रंगीन साप्ताहिक प्रबोध पत्रीकाका सम्पादक प्रकाशक लम्जेल संघर्षशिलको अन्त्येष्टि गरिएको छ ।

दशैको अघिल्लो दिन नवमिमा निधन भएका लम्जेलको बुधबार धरान १५ स्थित खत्री बम धारामा दाहसंस्कार गरिएको थियो । त्यसघि उनको पार्थिव शरिरामा धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र बेघा सहित नेकपाका नेता पारस लिम्बु सहितले कम्युनिस्टको झण्डा ओडाएका थिए । उनि कम्युनिस्ट बिचारधाराका थिए । ओपन हार्ट सर्जरी गरिसकेका लम्जेल नवमिको दिन अस्वस्थ भएपछि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए । बिपिको आकस्मिक कक्षमा उपचारको क्रम ३९ वर्षको उमेरमा निधन भएका हुन ।

संक्षिप्त जीवनी :

धरानमा लामोसमयदेखि प्रबोध साप्ताहिक पत्रीका ब्यबस्थित संचालन गरिरहनु भएका श्रमिक श्रष्टा पुरस्कार २०७४,सृजनशिल पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत अग्रज पत्रकार,साहित्यकार लम्जेल संघर्षशिलको धरानको बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठानको ईमर्जेन्सीमा ३९ बर्षको उमेरमा २०८० सालको दशैंको नवमीको दिन देहावसान भएको छ।वहाँ समग्र मिजार समुदायका एक धरोहर मानिनु हुन्छ।

शान्ति डाँडा-४, फुटुक हाल देउमाई न.पा-५ ईलाममा आमा कौशिल्या तोलाङ्गी र बुबा स्व. रेस बहादुर लम्जेलका एक छोरी र दुई छोरा मध्ये कान्छा सुपुत्रको रुपमा बि.सं २०४१ साल भदौ २९ गते जन्मेका गमबहादुर लम्जेल चर्चित पत्रकार लम्जेल संघर्षशिल बन्न उनका संघर्षका कथा सारै कठिन थिए।१३ बर्षकै कलिलो उमेरमा कविता लेख्न शुरु गरेका थिए।स्वाधिन साप्ताहिक झापाबाट बि.सं२०५५ सालदेखि ईलामको प्रतिनिधि भै काम गर्नुभएको थियो।वहाँको एकमात्र दिदि सरिता लम्जेल र एक दाजु रितबिर लम्जेल हुनुहुन्छ भने श्रीमती जमुना श्रेष्ठ हुनुहुन्छ।

नाटक,कथा गीत कविता हाईकु उपन्यास समालोचना,साहित्यिक साँस्कृतिक राजनीतिक लेख रचना मात्रै हैन खरो विश्लेषण सहित समाचार सम्प्रेषण गर्ने निडर हक्की स्वभाव भएका लम्जेल संघर्षशिल गुफाथुम्की गर्जन त्रैमासिक साहित्यिक पत्रीकाका सम्पादक प्रकाशक,प्रबोध साप्ताहिक पत्रीकाका सम्पादक,प्रबोध अन्लाईनका निर्देशक हुनुहुन्छ।

२०७० सालमा उत्सर्ग नाटक संग्रह र २०७९सालमा मुक्ति कथा संग्रह  प्रकाशित गरिसक्नु भएका लम्जेलको एकैपटक पाँच फरक बिधाको पुस्तकको पान्डुलिपी तयार हुँदै थियो।विभिन्न पत्रपत्रिकाको सम्पादन,दर्जन बढि संस्थाको मुखपत्र र स्मारिका सम्पादन गरिसक्नु भएको संघर्षशिलको मिजार सेवा समाज धरानको रजत जयन्ती स्मारिका-२०७६ अविस्मरणीय रहेको छ।

पत्रकारिताका साथै १८ बर्ष ६ महिना धरानका निजी तथा  सरकारी बिद्यालयमा शिक्षण पेशा गरेका लम्जेल संघर्षशील आफ्नो समुदायको हितमा अहोरात्र लागिपर्ने ब्यक्ति थिए।उनि मिजार समुदाय महासंघ १ नं प्रदेश समितिका परिकल्पनाकार एवं अनुगमन समितिका संयोजक समेत हुनुहुन्थ्यो।

नेपाल पत्रकार महासंघका सदस्य,नेपाल साहित्यिक पत्रकार संघ केन्द्रिय सदस्य एवं एक नम्बर प्रदेश अध्यक्ष समेत रहेका पत्रकार लम्जेल प्रगतिशिल लेखक संघका केन्द्रिय सदस्य,ईतिहास तथा सामाजिक अध्ययन केन्द्रीय विभाग सचिव,अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रिय सदस्य,मेची कोशी ब्युरो संयोजक,अखिल नेपाल लेखक संघ केन्द्रिय उपाध्यक्ष,बिहानी जनसांस्कृतिक समाज महासचिव,साहित्य अनुसन्धान परिषद नेपाल आजीवन सदस्य,छिन्ताङ्ग-सुखानी सांस्कृतिक मन्च नेपालका सल्लाहकार रहेका संघर्षशीलले दुई दर्जन भन्दा बढि सम्मान तथा पुरस्कार प्राप्त गर्नु भएको थियो।

तेह्र बर्षदेखि धरानमा प्रबोध पत्रीका सन्चालन गर्दै हरेक बर्ष कम्तीमा २ जना पत्रकारहरुलाई पुरस्कृत गर्दै बिभिन्न समयमा पत्रकारिता तलिम संचालन गर्दै आईरहनु भएको थियो।पत्रकारिता,साहित्य मात्रै  होईन राजनीतिक जिवनमा पनि वहाँ उत्तिकै सक्रिय हुनुहुन्थ्यो।बि.सं २०५५ साल फागुन १ गते नेकपा माओबादी निकट अखिल क्रान्तिकारीमा पदासिन भएको १० सै दिनमा गिरफ्तारमा परि ३ दिन हिरासत यातना भोग्नु भयो। नेकपा मालेको इलाम क्षेत्रीय कमिटी सचिवालय सदस्य हुँदै बि सं २०६५ सालमा एकीकृत नेकपा (माओबादी केन्द्र) सुनसरी जिल्ला सदस्य ,बि सं २०७२ सालमा नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चामा निरन्तर कृयाशिल लम्जेल संघर्षशिल २०७४ सालमा कम्युनिस्ट पार्टीको नेपालबन्दलाई समर्थन गरि समाचार प्रशारण गरेको आरोपमा यातना तथा झुठो मुद्दाको सामना गर्नु पर्यो। तरै पनिश्रमिक बर्गको नेपाल कम्युनिष्ट पार्टीको  बहस,खोज ,अनुसन्धानमा निरन्तर कृयाशिल हुनुहुन्थ्यो।

बि.सं २०७० साल चैत्र २३ गते सहिद गंगालाल हृदय केन्द्र बाँसबारी काठमाडौमा ओपन हार्ट सर्जरी गरि नियमित औषधि सेवन गरिरहनु भएको अवस्थामा मिति २०८० कार्तिक ६ गते राती ९:३० बजे उहाँको देहावसान भयो।एउटा शरिर मात्रै ढलेन निडर र निष्पक्ष पत्रकारिताको जग धर्मरायो,समग्र दलितको खम्बा ढल्यो,साहित्यका पाना अपुरै भए,राजनीतिको धरोहर ढल्यो, मिजार समुदायको एउटा नक्षत्र नै गुम्यो।हजार मृत्यु जितेको एक योद्धाले फेरि एक पटक जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित