रिदामा राम्लिहाङलाई चढाए श्रद्धाञ्जली,आठपहरिया एकता नहुँदा सहिद घोषणा नभएको

धनकुटा । दशै नमानेको आरोपमा यातना दिइ मारिएका धनकुटाका सांस्कृतिक सहिद रामलिहाङ र रिदामाको शालिकमा खादा लगाएर श्रद्धाञ्जली चढाएका छन ।

दशैको टिकाको दिन कार्तिक ७ गते धनकुटाको झुण्डुवामा रिदामा राम्लिहाङको पुर्ण कद रहेको शालिकमा खादा माला लगाई श्रद्धाञ्जली दिएका थिए । किरात आठपहरिया समाज धनकुटाको आयोजनामा भएको श्रद्धाञ्जली सभामा धरान,इटहरी मोरङ लगायतबाट आएका मंगोल नेशनल अर्गनाइजेसन डा. गोपाल गुरुङ समुह,पहिचानका लागि युवा लगायतको समुह श्रद्धाञ्जली चढाएका थिए ।

श्रद्धाञ्जली सभालाई संबोधन गर्दै पहिचानका लागि युवा सुनसरी संयोजक राजुके राईले आठपहरियाको एकता नहुँदा रिदामा राम्लिहाङले सहिदको मान्यता नपाएको बताए । उनले कोशी नाम खारेजी आन्दोलनको स्मरण गर्दै लाजेहाङको सहादतलाई तत्काल सहिद घोषणा गराएको बताए । रिदामा र राम्लिहाङलाई सहिद घोषणा गराउन आठपहरिया एकता हुनुपर्ने बताए । उनले सहिद्वयको शिला स्तम्भ निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मंगोल नेशनल गोपाल गुरुङका अध्यक्ष बिरलालले नाजिबादिले रिदामा राम्लिहाङलाई हत्या गरेको बताए । अधिकांस शोकमा डुबेको बेला खुशि मान्नु अन्याय भएको भन्दै समनता नभए अन्तर्राष्ट्रिय अदालत जान बाध्य हुने चेतावनी दिए । यो देशको भुमिपुत्र भएर पनि मुलबासि भन्न हिचकिचाएको बताए । उनले डरछेरुवाको संज्ञा मुलबासी भन्न नसकेको बताए । उनले बाँदरको घटनालाई प्रसंग निकाल्दै एउटा बाँदर मर्दा अन्य बाँदर आएर समबेदना व्यक्त गरिरहेको अवस्थामा रिदामा राम्लिहाङको हत्या भएको अवस्थामा पनि दशै मनाएर रमाईरहेको बताए ।

श्रद्धाञ्जली सभामा आठपहरियाका धनकुटा जिल्ला अध्यक्ष अष्टबहदुर सुङ्देनले हालको आठपहरीको चारकिल्ला यथार्थ रहेको भन्दै त्यो किपट रहेको बताए । दशै नमानेकै कारण हत्या गरेको भन्दै रिदामा राम्लिहाङलाई सहिद घोषणा हुनुपर्ने बताए । आठपहरियाको छुट्टै भाषा संस्कार चाड रहेको भन्दै दशै नमानेकै कारण किन हत्या गर्नुपरेको भन्दै प्रश्न गरे । आठपहरियाले किन दशै नमानेको भनेर दुखेसो नगर्न आग्रह गरे । आठपहरियाको आफ्नै चाड संस्कार रहेको भन्दै दशैको बिषयलाई लिएर कसैले कुरा नकाट्न आग्रह गरे । उनले आठपहरियाले स्वतन्त्र रुपमा आफ्ना चाड मान्न पाउनुपर्ने बताए । अरुको चाडपर्व मान्दा आर्थिक भार समेत पर्ने भएकोले आफ्नै चाडपर्व मात्र मान्नुपर्ने धारणा राखे । उनले नेपाल आदिवासी जनजाति प्रतिष्ठानले हालसम्म आठपहरियालाई सूचीकरण नगरेको गुनासो गरे ।

कार्यक्रमम्व मंगोल गुरुङ समुहका सुनसरी अध्यक्ष साहारा राई,पहिचानका लागि युवा शिवाहाङ अमित थेबे लगायतले बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)