मोरङ (केराबारी) । मोरङ जिल्ला केराबारी गाउँपालिकाका केहि स्कुलमा अबोध बालबालिकालाई हिन्दुको दशैको जमरा टिका लगाईदिएको भन्दै छ वटा संघसंस्थाले बिरोध जनाएको छ ।
केराबारी गाउँपालिकाका श्री मुगु आ.वि. केराबारी ७. श्री. सार्वजनिक मा.वि. केराबारी ७. जनजागरण आ.वि. केराबारी ७. कुवापानी आ.वि., मिनिल्याण्ड एकेडेमी केराबारी ७ ले दशै नमान्ने अन्य समुदायका अबोध विद्यार्थी बालबालिकालाई दशैको टिका जमरा जबर्जस्ती लगाईदिएको जनाएको छ ।
छ वटा संघसंस्थाहरु नेपाल आदिवासी जनजाति महासंघ केराबारी,किराँत याक्थुम चुम्लुङ केराबारी,किरात राई यायोख्खा केराबारी,किराँत धर्म तथा साहित्य उत्थान-केराबारी,कोशी नाम खारेजी संघर्ष समिति केराबारी र नेपाल तामाङ घेदुङ संघ केराबारीले संयुक्त हस्ताक्षरित प्रेस बिज्ञप्ति जारी गर्दै बिरोध जनाएको छ ।
बिज्ञप्तिमा नेपालको संविधान २०७२ ले नेपाल धर्म निरपेक्ष मुलुक किटान गरेको सर्वविधितै रहेको उल्लेख छ । प्राचिनकाल देखि आ-आफ्नो परम्परा रितिरिवाज मान्दै रमाउदै आएको हामी आदिवासी (मुलवासी) हरुलाई राणासासन, राजतन्त्र देखि गणतन्त्र हुँदै देश धर्मनिरपेक्ष राज्य भई सक्दा पनि अझैसम्म जबर्जस्ति धर्म परिवर्तनको कुत्सित मनसायले श्री मुगु आ.वि. केराबारी ७. श्री. सार्वजनिक मा.वि. केराबारी ७. जनजागरण आ.वि. केराबारी ७. कुवापानी आ.वि., मिनिल्याण्ड एकेडेमी केराबारी ७ लगायत स्कूलहरुमा हाम्रा अबोध साना साना नानिहरुलाई दसैको टिका, जमरा लगाई, हामी विभिन्न धर्मावलम्बि परिवारको धार्मिक स्वतन्तन्त्रा हनन गरि हाम्रो आस्थामाथि आघात पुर्याइएको घटना प्रति हाम्रो घोर आपती रहेको उल्लेख छ ।
बिज्ञप्तिमा इतिहास जगजाहेरै छ, दसै नमानेकै कारण वि.सं. १९२४ सालमा धनकुटा जिल्ला चुलिवनमा रिदामा राई र रामग्लिहाङ राईलाई झुण्डाइएको भनिएको छ । त्यहि निरङ्कुस्ताको निरन्तरता कायम राख्ने बदनियतपूर्ण कुकृत्य तथा यी र यस्ता प्रकृतिका कृयाकलाप तुरुन्त बन्द गरि संविधानको मर्म भावना तथा अहिन्दु आम जनसमुदायको भावना, चाहाना र अधीकारको सम्मान गर्दै सार्वजनिक रुपमा माफि मागि गल्ति सच्याउन दवाब दिएको छ ।
Discussion about this post