बिमल गुरुङ कृति पुरस्कार `जब मान्छे हराउँछ´ र `मित्याङ्सा´लाई (भिडियो सहित )

 

धरान । कबि बिमल गुरुङ कृति २०७९ पुरस्कार यस वर्ष दुईवटा कृति जब मान्छे हराउँछ र मित्याङ्सालाई संयुक्त रुपमा दिने निर्णय भएको छ ।

कार्तिक ४ गते बिमल स्मृति पुस्तकालयमा पत्रकार सम्मेलन गरेर यस वर्ष कृति पुरस्कारको घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा पुरस्कृत सर्जक र कृति सार्वजनिक गर्दै गोर्खा जिल्लाका सर्जक चन्द्र गुरुङको कविता कृति ‘जव एउटा मान्छे हराउछ’ र मिरिक दार्जिलिङ (भारत) निवासी विजय बान्तवा कैलाशीको गद्य कविता संग्रह ‘मित्याड्सा’ लाई ‘विमल गुरुङ कृति पुरस्कार २०७९ संयुक्तरुपमा प्रदान गरिने निर्णय गरिएको जानकारी दिए ।

पुरस्कृत दुबै जनालाई जनही १/१ लाख रुपैया राष्ट्रिय कविता महोत्सव तथा कवि बिमल गुरुङ जन्मजयन्तिको अवसरमा कार्तिक १९ गते धरानमा प्रदान गरिने कुरा पुस्तकालयका अध्यक्ष पुर्णबहादुर गुरुङले जानकारी दिए ।

कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार २०७९ का लागि कृति आव्हान गरेअनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक,साहित्यकार ,सर्जकहरुबाट १०१ कृति प्राप्त भएको जनाएको छ । प्राप्त भएका कृतिमध्येबाट श्रेष्ठ २१ वटा छनौट गरिएका थिए । ती मध्येबाट सर्वोत्कृष्ट दुइ कृति पुरस्कारका निम्ति चयन गरिएको हो ।

पत्रकार सम्मेलनमा निर्णायकको मत जानकारी दिदै चन्द्र गुरुङको कविता कृति ‘जव एउटा मान्छे हराउछ’ नेपाली साहित्यमा शालिन शैलीमा व्यक्त जीवनका शाश्वत मुल्यको खोजी गरिएका कविताहरुको संग्रह भनिएको छ । ध्यानस्त मूद्राका कविताहरुको आस्वादन यस कृतिको अव्वल पक्ष रहेको दाबि गरिएको छ । गहन सम्बेदना र काव्यिक अभिव्यक्ति कविताका शक्ति रहेको जनाएको छ ।

यसैगरी विजय बान्तवा कैलाशीको कृति ‘मित्याड्सा दार्जिलिङ क्षेत्रमा नेपाली भाषी गोर्खालीहरुले भोग्दै आएको भौगोलिक, राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक आन्दोलनको आरोह-अवरोहलाई सुन्दर शैलीमा पस्किएको गद्य कृति रहेको जनाएको छ । अनूभूतिजन्य भाषामा यसले दार्जिलिङ क्षेत्रको विद्रोह बुझ्न र बुझाउन प्रयत्न गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित