धरान । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री अशोक राई गृहनगर धरान उपमहानगरपालिकामा उद्घाटन कार्यक्रममा ब्यस्त रहेका छन ।
शुक्रवार मन्त्री अशोक राईले आँपटार ठिंगाबारी जोड्ने २३३ मिटर लामो झोलुंगे पुलको उद्घाटन गरिएको छ । धरान उपमहानगरपालिका वडा नम्बर ५ मा पर्ने यो धरान भित्रको एक अर्को लामो पुल हो । उद्घाटनसंगै २३३ मिटर लामो पुलमा वारीदेखि पारीसम्म पैदल समेत हिडेर आँपटार पुगेका थिए । उद्घाटनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ,उप मेयर आइन्द्र बेघा,प्रदेश १ सांसद रमेश बस्नेत पुर्व प्रदेश सभामुख प्रदिप भण्डारी लगायतले पुलमा पैदल हिडेर आँपटार पुगेका थिए । पारि आँपटरमा सबैलाई फुलमाला लगाएर स्वागत गरेका थिए ।
पुल उद्घाटनपछि नजिकै रहेको टिकटक रिसोर्टको पनि उद्घाटन गरे । रिसोर्टमा भएको रोटेपिङमा मन्त्री असोक राई सहित मेयर साङपाङ उपमेयर बेघा प्रदेश सांसद बस्नेत एकैसाथ चढेर खेलेका थिए । त्यसपछि वडा समिति नजिकै रहेको पुस्तकालयको पनि बत्ति बालेर उद्घाटन गरिएका थिए ।
उद्घाटन समारोहमा बोल्दै मन्त्री अशोक राईले पुल दुरि घटाउनको लागि पनि बन्ने बताए । त्यसैगरी पुल निर्माणले पर्यटन प्रबर्द्धनमा पनि टेवा मिल्ने बताए । गत साल तिर अहिलेको समय गाउँघरमा भोट् माग्दै हिडिरहेको स्मरण गरे । त्यस समयमा जनतामा बाँचामा गरेको कुरा आफुले नबिर्सेको मन्त्री अशोकले स्मरण गरे । दशै तत्कालीन समयमा नमान्दा रिदामा राम्लिहाङलाई राणाले हत्या गरेको बताए । तर हालको समय त्यो नभएको भन्दै मान्नेलाई किन मानेको ब्बन्ने र नमान्नेलाई किन नमानेको भन्ने अवस्था नरहेको बताए । तर आफुले यदि टिका लगाउदा सांस्कृतिक सहिदको अपमान हुनेगरी नहुने भन्दै सहिदको सम्मान आफ्नै स्थानमा हुने बताए । धराने जनताको खानेपानी समस्या समाधानको लागि सप्तकोसीबाट पानी ल्याउन अरबको लागत लाग्ने भन्दै बिस्तृत योजना भैरहेको बताए । उनले पर्यटनको लागि भनेर कोशि टप्पुमा एक जोडि गैडा ल्याएको बताए । अव गैडा हेर्न चितवन जान नपर्ने भन्दै कोशि टप्पुमा हेर्न पाईने बताए । उनले मेयर साङपाङको भाषण कविता जस्तै रहेको बताए । राजनीतिक दलको भाषन घुमाउरो तरिकाले हुने बताए ।
अघिल्लो आर्थिक वर्षमा लक्षित राजश्व संकलन नहुँदा यसपटक पनि बजेट घटेको बताए । शिक्षाको लागि ८ अर्व विनियोजन भएकोमा थप एक अर्व माग्दा उल्टै आठ गुमेको बताए । दिवा खाजामा कक्षा छ देखि बढाएर ७ सम्म लाने योजना हुँदा उल्टै ५ कक्षामा घट्ने अवस्था आएको बताए । अव त्यहि कक्षा ६ सम्मलाई यथावत राखेर उपलब्ध गराउन अर्थ मन्त्रीबाट आश्वासन पाएको मन्त्री राईले बताए ।
धरान ५ को दरबन्दीको टड्कारो आवाज उठेपछि हाल शिक्षा ऐन संसदमा छलफल भैरहेको बताए । अहिलेलाई संघीय सरकारले हेरेको भन्दै ऐन आएपछि अव स्थानीय सरकारले हेर्ने बताए ।
मेयर हर्क साङ्पाङले धराने खानेपानी कै समस्या लिएर चुआनब लडेको बताए । ५ नम्बरबासिको पानीको समाधान गर्न एकमात्र सप्तकोसीबाट ल्याउने भन्दै आफुले गरेको गतिविधि सामाजिक संजालमा लगाउने गरेको बताए । सप्तकोसी पानी ल्याउने काम अगाडि बढेको भन्दै पर्याप्त बजेटको लागि मन्त्रीसमक्ष माग गरे । वडाबासिको दोहोरो करको कुरालाई बैज्ञानिक करमा जानुपर्ने बताए । ५ नम्बरवासि गाउँमा रहेको गुनासो नगर्न आग्रह गरे । साङ्पाङले बरु त्यहाँ सिचाइ बाटोघाटो कसरी हुन्छ त्यसतर्फ ध्यान दिने बताए । उत्पादनसंग जोडिनुपर्ने भन्दै आफु गर्दैगरेको काम विकट भनिएका वडा नम्बर २०,४,५,६ मा रहेको बताए ।
Discussion about this post