धरान । धरान उपमहानगर कार्यपालिकाको बैठक कार्यपालिका सदस्यहरु कोहि न आएपछि हल रित्तो भएको छ ।
मेयर हर्क साङ्पाङले कार्तिक १ गतेको लागि भनेर कार्यपालिका बैठक आह्वान गरेका थिए । दिउसो १ बजे बोलाएको बैठकमा वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरु कोहि पनि आएनन् । निर्धारित समय भन्दा एक घण्टा पछि अर्थात २ बजेसम्ममा पनि सदस्यहरु उपस्थिति नभएपछि मेयर साङ्पाङ वडा नम्बर १७ एन्फा मार्गमा सडक बनाउन निस्केका थिए ।
यस बिषयमा प्रश्न गर्दा अनुपस्थित हुने कुनै आधिकारिक जानकारी न आएको बताए । तर उद्योग वाणिज्य संघमा भएको कार्यक्रममा उपस्थिति रहेको मिडियाकर्मि मार्फत नै थाहा पाएको बताए । मेयर साङ्पाङले चुनाविताका जनतालाई प्रतिबद्धता जनाएको अनुसार जिम्मेवारी पुरा गर्नुपर्ने बताए । चुनाबमा जनतालाई भनिएको घोषणापत्रमा आफु लागेको भन्दै वडा अध्यक्षहरुले त्यसको जिम्मेवाबहन गर्नुपर्ने बताए ।
१ गतेको बैठकमा शुभकामना कार्यक्रमसंगै यस अघि स्थगित भएको बैठकका एजेन्डाहरु रहेको बताए । तत्कालीन अवस्थामा बैठक चलिरहेको अवस्थामा घण्टाघरको बिषयमा छलफल हुँदा कार्यवाहक वडा अध्यक्षको बिषय प्रवेशसंगै बैठक स्थगित भएका थिए । त्यहि बिषयमा मेयर साङ्पाङले कुरा गर्दै तारा सुब्बाकै पालामा १० हजार मात्र दिने प्रावधान रहेको बताए । यस अर्थमा घण्टाघरका कर्मचारीलाई १० हजार मात्र दिन सकिने बताए । त्यसका लागि कार्यपालिका बैठक आवस्यक रहेको बताए । बैठकमा वडा अध्यक्षहरु अनुशासनमा नबसेको बताए । उनले मन्त्री परिषदमा हो भने आफु प्रधानमन्त्री र संसदमा हो भने सभामुखको भुमिका रहेको बताए ।
अव आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने प्रश्नमा सबै कुरा आफ्ना हातमा रहेको बताए । अव अर्को बैठक बोलाउनको लागि चामल गनेर जोखाना हेर्ने बताए ।
विषेशगरी धरानमा स्वतन्त्र उम्मेदवारबाट आएका मेयर एकातिर भै राजनीतिक दलबाट आएका वडा अध्यक्षहरु अर्कोतिर भएर टकराव भैरहेको देखिन्छ । यो पुन पुरानो रोग नै बल्झेको देखिन्छ । यस अघि सप्तरंगी पार्कको बिषयलाई लिएर धेरै लामो समयसम्म कार्यपालिका बैठक बस्न सकेका थिएन । एबम रुपले लम्बिदै गएपछि मेयरले माफि नमागेसम्म कार्यपालिका बैठक नबस्ने अडानमा समेत पुगेका थिए । मेयरका स्वकीय सचिबको तर्फबाट पत्राचार भएपछि थप जटिल भएका थिए ।
बजेट ल्याईसकेको अवस्थापछि पुनः कार्यपालिका बैठक अवरुद्ध भएको हो । नगरसभापछि लामो समयको अन्तरालपछि बैठक बोलाएको भन्दै आलोचना खेपेका मेयर हर्क साङ्पाङले असोज १७ निक्कै चर्काचर्कि परेपछि पहिलो एजेन्डा समेत निर्णय हुननसकि स्थगित भएको छ ।
Discussion about this post