तीन जनालाई पक्राउ गर्दा हजारौंले यात्रीलाई सास्ती,प्रशासन अझै रिहाईमा आनाकानी गर्दै( भिडियो सहित )

 

भेडेटार । पहिचानवादी कार्यकर्ता मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई बिनासर्त रिहाई नगरेको भन्दै धनकुटा जिल्ला प्रवेश नाका यातायात बन्द गरेको छ ।
प्रहरीले ३ जनालाई पक्राउ गरेपछि तोकिएको समय भित्र रिहाई नगर्दा हजारौं यात्रुले सास्ती पाएका छन । धरानबाट उत्तरतर्फ संखुवासभा,भोजपुर,तेह्रथुम,ताप्लेजुङ जाने संपुर्ण सवारी भेडेटारमा रोकिएको छ । प्रदेश १ पुन नामांकन संयुक्त संघर्ष समितिले बिना अभियोग अदालतको अनुमति बिना पक्राउ गरेको भन्दै नागरिकको स्वतन्त्र जिउने अधिकार अनि बिरोध गर्न पाउने अधिकार विरुद्ध रहेको आरोप लगाएको छ ।
असोज २९ गतेको समय भित्र बिनासर्त रिहाईको माग गर्दा २९ गते धरौटीमा छाड्ने अडान लिएपछि आन्दोलनरत पक्षले पुर्व योजना अनुसार बन्द आह्वान गरेको हो ।
बन्दका क्रममा प्रहरीले जबर्जस्ति बल प्रयोग गरेर खोल्न खोजेपछि स्थिति तनाबको अवस्थामा पुगेका थिए । एक घण्टा अर्थात १० बजे कार्यालय समयमा रिहाई गर्ने भनिए पनि जिल्ला प्रशासन कार्यालयले आनाकानी गरेको कुरा आन्दोलनकारीले बताए । भेडेटारको अहिलेको अवस्था स्थिति सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित