मंलबारदेखि अनिश्चितकालीन धनकुटा बन्द,कोशी आन्दोलनकारी छोडेन

धनकुटा । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले तीनजनाको रिहाई नगरेको भन्दै असोज ३० गतेदेखि अनिश्चितकालिन धनकुटा बन्दको आह्वान गरेको छ ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले प्रेस बिज्ञप्ति जारी बन्दको आह्वान गरिएको छ । समितिले यस अघिनै कार्यकर्ताहरू मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई बिनासर्त रिहाई नगरे बन्द गर्ने चेतावनी दिएका थिए । आज सोमबारसम्म रिहाको पहल गरेपनि नभएपछि मंलबारदेखि बन्दको आह्वान गरिएको छ ।

बिज्ञप्तिमा घोषित शान्तिपूर्ण आन्दोलनमा झुटा मुद्दा लगाएर ३ पहिचानवादी नेताहरू / कार्यकर्ताहरू मनकुमार याम्फू राई, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई पक्राउ गरी धनकुटा जिल्ला प्रहरी कार्यालयको हिरासतमा विगत ५ दिनदेखि राखिएको उल्लेख छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले २०८० असोज २९ गते छुटाउने आश्वासन दिएर अहिलेसम्म अन्यायपूर्ण प्रहरी हिरासतमा राखिएको आरोप छ । उक्त तीन नेताहरूलाई निशर्त रिहाइ नगरेसम्म चारैतिरका नाकाहरू बन्द गरी अनिश्चितकालीन धनकुटा बन्द गर्नका लागि पहिचानका लागि युवासँग समन्वय गरी आजैदेखि परिचालित हुन भन्दै निर्देश दिएको बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित