दिपेश रोक्का
कानेपोखरी , असोज २८ । नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कानेपोखरीको आयोजनामा बडा दशै , शुभ दिपावलि तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
वडा दशै तथा शुभदिपावलि तथा छट पर्बको अवसरमा शुभकामना आदान प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कानेपोखरीका अध्यक्ष नरबहादुर राईले बताउनु भयो । अगामि दिनमा यस्ता कार्यक्रमहरु गर्दै जाने बताउनु भयो ।जनाएकता साकोस रमाइलोको सभा हलमा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली जनजाती आदिवासीको समस्या के छन त्यसलाई मध्यनजर गरेर अगाडि बढाउन सरकार समाक्ष ध्यानाकर्षण गर्ने नेपाली कोशी प्रदेश सदस्य सन्जय भट्टराईले बताउनु भयो । त्यस्तै युवाहरुलाई देशमै रोजगारीको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्न्ने बारे सरकारको ध्यानाकर्षण जाओस भनेर कोशी प्रदेश सदस्य भट्टराईले बताउनु भयो ।
शुभकामना आदानप्रदान कार्यक्रम गरिरहदा खेर पार्टि भित्रको आर्दिकता छन कि छैन एकले अर्कालाई सम्मान गर्ने कुरा कतिको छ त तथा एक अर्कालाई सम्मान गरेर हालेमालो गरेर हिड्ने बाटो बनिरहेको छ कि छैन भन्न्ने कुरा महत्तोपुर्ण रहेको हुन्छ भनेर पुर्व संसर सुर्यमा राज राइले बताउनु भयो ।
देशलाई शोषण दमन बाट मुक्त गराउने कुरामा , नेपाली जनता शोषणत्त्व बाट मुक्त गराउने कुरामा यो देशको आदिवासी जनजाती , दलितलाई शोषणत्त्व बाट मुक्त गराउने कुरामा नेपाली काङ्ग्रेसको ठुलो योगदान रहेको नेपाल लोकतान्त्रिक आदिवासी महासंघ कोशी प्रदेशका अध्यक्ष बिश्वदिप लिङदेनले बताउनु भयो ।
अहिलेको तरल राजनीतिक अवस्थामा संघिय लोकतान्त्रीक गणतन्त्रमा नेपाली काङ्ग्रेस लगायतका जति पनि मुल धारका पार्टीहरु रहेका छन अब यो पार्टीहरुले समाजवाद तर्फ उन्मुख हुने राजनीतिक स्थायित्त्व प्राप्त भैसकेको नेपालि काङ्ग्रेस पुर्व मोरङ जिल्ला सदस्य शुशिल राईले बताउनु भयो ।
कार्यक्रममा राजनीतिक दलका ब्याक्तीहरुको उपस्थिति रहेको थियो । जुनतारा क्लबले नृत्य प्रस्तुत गरेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कानेपाेखरीका सह सचिव शुक्र लिम्बुले गर्नु भएको थियो ।
Discussion about this post