धरान । ड्रिम एम प्रोडक्शनले आयोजना गरेको मिस प्रोभिन्स आईडल २०२३ को दोस्रो संकरणको उपाधि धरानका माङ्सेमी लिम्बु ताज सुनसरी धरानकी माङसेमी लिम्बुले पहिरिन सफल भएकी छिन् ।
शनिबार धरानको सदन हलमा भएको अन्तिम फाईनलमा माङ्सेमी लिम्बुलाई छनोट गरिएको हो । माङसेमीले मिस प्रोभिन्स आईडल २०२३ को फाईनलमा १७ जना मध्येबाट सबैलाई पछि पार्दै ताज पहिरिन सफल भएकी हुन् । आईडलको फस्ट रनरअपको उपाधि संखुवासभाकी आकृति चाम्लिङ राईले प्राप्त गरिन, सेकेण्ड रनरअप सुनसरीका विनिसा बिष्ट र थर्ड रनरअपको उपाधि तेह्रथुमकी नुनमा लिम्बुले प्राप्त गर्न सफल भईन । प्रतियोगिताको ग्राण्ड फनालेमा मस्ट ग्राजुअसको उपाधि राधिका नेपाली, मिस ट्यालेन्ट माङसेमी लिम्बु भएका थिए । अन्य टाईटलमा बेस्ट वाक एन्जिला तामाङ, मस्ट डिस्पीलिन बिनिसा दर्नाल, मस्ट एक्टिभ अपेक्षा राई, मिस फोटोजेनिक निवासा लिम्बु, मिस बव्ली सोनिया याख्खा, मिस फ्रेण्डली आयुसा श्रेष्ठ, मस्ट कन्फिडेण्ट अनिता परियार, मस्ट चार्मिन नुनम लिम्बु, मस्ट अविडेण्ट आकृति चाम्लिङ राई, मिस मल्टिमिडिया च्वाईस रोजिना जिमि र मिस पंचुअल प्रशंसा राईले उपाधि प्राप्त गरिन ।
ग्राण्ड फिनाले कार्यक्रम धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । ग्राण्ड फिनाले निर्णायकहरुमा युवा व्यवसायी तथा संचार उद्यमी विश्वराज तामाङ, एनि ब्राण्डका अध्यक्ष सन्तोष थोप्रा लगायत रहेको कुरा कार्यक्रम संचालन एबन ड्रीम्स एमका संयोजक मेरिना तुम्साले जानकारी दिए ।
Discussion about this post