असोज २९ सम्म तीनजना बिनासर्त रिहाई नगरे धनकुटा अनिश्चितकालीन बन्द गरिने

धनकुटा । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले असोज ३० गतेदेखि अनिश्चितकालिन धनकुटा बन्दको आह्वान गरेको छ ।

कोशी नाम खारेजीको आन्दोलनकै सन्दर्भमा असोज २५ गते पहिचानवादी नेता कार्यकर्ताहरू मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई प्रहरीले बिना अभियोग अदालतको आदेश वा कुनै जानकारी नै विना पक्राउ गरेको विरुद्धमा बन्दको घोषणा गरिको कुरा संयुक्त संघर्ष समितिले जनाएको छ ।

संघर्ष समितिले प्रेस बिज्ञप्ति जारी गर्दै बिनासर्त रिहाइको माग गरेको गरेको छ । रिहाइको माग गर्दै समितिले क्रमिक रुपमा आन्दोलनको कार्यक्रम समेत घोषणा गरिएको बिज्ञप्तिमा जनाएको छ । बिज्ञप्तिमा २०८० असोज २७ गते १२ बजे इलाका प्रहरी कार्यालय राजारानी घेराउ तथा धनकुटा बन्दबारे प्रचारप्रसार र रिहाइ बारे थप पहल गर्ने उल्लेख छ । २८ गते धनकुटामा विरोध कार्यक्रमको आयोजना गरिएको छ । २९ गते सुनसरीको धरान–भेडेटार, बराहक्षेत्र, मोरङको लेटाङ सिंहदेवी हुदै बुधबारे, पाँचथरको ६ नं. बुधबारे रबि, तेह्रथुम, भोजपुरबाट आउने सम्पूर्ण नाका बन्द गर्ने घोषणा गरेको छ ।

बिज्ञप्तिमा व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार र गोपनीयताको अधिकार समेतको उलङ्घन गर्दै घरैबाट अपहरण शैलीमा पक्राउ गरेको आरोप छ । पक्राउ परेका तीनै जनालाई तत्काल छाड्न सोही दिन २५ गते नै विज्ञप्ति मार्फत प्रशासनलाई जानकारी गराएको थियो । असोज २९ गतेसम्मको अल्टिमेटम दिदै बिनासर्त तीनैजनाको रिहाई नभए अनिश्चितकालिन धनकुटा बन्दको आयोजना गरिएको कुरा बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित