गाजापट्टीका २३ लाख नागरिकलाई, कार्यनीतिक रुपमा एउटै चिहानमा गाड्न सक्षम होलान अथवा प्यालेस्टानका ७० लाख नागरिकको चिहान पनि खन्लान, तर रणनीतिक रुपमा साम्राज्यवादी अमेरिकाको उपग्रह ईजरायलको माङगेना सदाको लागि ढल्यो, उठ्नै नसक्ने गरि ढल्यो। अमेरिकी एकलध्रूवीय विश्वव्यवस्था अन्त्यको जोड्दार उदघोष हो यो, जुन ७ अक्टोबर २०२३ मा जल, थल र हवाई कार्वाहीबाट प्यालेस्टाइनी लडाकु दस्ता हमासले ईजरायलमाथि आकस्मिक तथा भीषण प्रत्याक्रमणद्वारा उदघाटन गर्यो । बहुध्रूवीय नयाँ विश्वव्यवस्थाको पक्षधरहरुका निम्ति युक्रेनमाथि रुसी सैनिक कार्वाहीसंगै इजरायलमाथि हमास प्रत्याक्रमण एक युगान्तकारी घटना हो, जसको सर्वत्र स्वागत हुनु पर्दछ।
पश्चिम एसियामा आफ्नो साम्राज्यवादी प्रभुत्व सुदृढ गरिरहन बार्षिक ३ अर्ब ४ करोड अमेरिकी डलर नियमित दिलाएर अमेरिकाले ईज्रायललाई पालेर राख्ने गरेको छ। त्यसैको बलमा मोसाद नामको जासुसी संस्था, जसलाई विश्वको नम्बर १ खुफिया दल भनी खुब अभिमान गर्थे, आइरन डोम- जसलाई अभेध्य क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली भनी खुब हल्ला पिटेका थिए, करिब ६ लाखको संख्यामा रहेको आइडिएफ (Israel Difence Force) को घमण्ड कम थिएन, ती सबैलाई चकनाचुर तुल्याउदै हमासको सफल प्रत्याक्रमणले अतिक्रमणकारी इजरायलको माङगेना उठ्न नसक्ने गरि ढलेको हो।
“प्यालेस्टाइन आन्दोलनको मूल मुद्दा जन्मभूमि अथवा देश रक्षाको हो। जेरुसलामलाई इस्लाम, ईशाई तथा यहुदी तिनै थरीले आफ्नो ऐतिहासिक सम्पदास्थल मान्ने गरेका छन। “
प्रथमत: यस पटकको युद्वमा इजरायलको अस्तित्व समाप्त हुन जाने सम्भावना प्रवल छ। कथं त्यसको अस्तित्व कायम रहेछ भने पनि विगतमा जस्तो त्यसले मोसाद, आइरन डोम वा आइडिएफ नामक सेनाको अभिमान दोहोर्याउन पाउने स्थिति अन्त्य भइसकेको छ। किनकि, हमास नामको प्यालेस्टाइनी दस्ताले इतिहासमा त्यस हदको इजरायली अभिमानलाई खरानी तुल्याइदिएको छ।
प्यालेस्टाइन आन्दोलनको मूल मुद्दा जन्मभूमि अथवा देश रक्षाको हो। जेरुसलामलाई इस्लाम, ईशाई तथा यहुदी तिनै थरीले आफ्नो ऐतिहासिक सम्पदास्थल मान्ने गरेका छन। कतिपय जानकारहरु अनुसार अटोमन साम्राज्यको पालामा जेरुसलामबाट यहुदीहरु विस्थापित भए, भनिन्छ। तर, प्रामाणिक रुपमै १२०० बर्षयता त्यस भूमिमा प्यालेस्टाइनीहरु बसोबास गरिआएका छन, जो अरबी भाषा बोल्दछन।
सन्सारमा छरिएका यहुदीहरु एकातिर ज्यादै क्षुद्र चरित्रका तथा अर्कातिर गृहभूमि अभाव समेतका कारण दु:ख पाउन थाले। तब सन १८९० मा उनीहरुमध्ये केहीले “विश्व जायोनिस्ट संगठन” स्थापना गर्न पुगे । सन १९१४-१९१९ मा पुँजीवादी मुलुकहरुवीच युद्व भड्कियो। प्यालेस्टाइन भूमि बेलायतको कब्जामा पुग्यो। त्यहिंदेखि जेरुसलाम सम्बन्धको मिथकबाट त्यस भूमिमा यहुदीहरुलाई बसोबास गराउने प्रपञ्च थोपरियो । जब १९३९-१९४५ को दोस्रो विश्वयुद्व भड्कियो, बेलायत र अमेरिकाको विशेष प्रस्तावमा संयुक्त राष्ट्रसंघले यहुदीहरुका लागि ईज्रायललाई एक स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दियो। यध्यपि, जेरुसलाम, वेस्टबैंक र गाजापट्टीका विशाल भूभागहरुलाई प्यालेस्टाइनको भाग मानेको बतायो।
जब स्वतन्त्र राष्ट्रको रुपमा इजरायलले खुट्टा टेक्न पायो, निहुँ झिक्दै पटक-पटक युद्व मच्चायो। त्यसरी सन १९४८ मा स्थापित इजरायल बाहिर ८० प्रतिशतको भूभागमा फैलिएको प्यालेस्टाइन अहिले २० प्रतिशतमा खुम्चिन पुगेको छ। अर्थात बचेको २० प्रतिशत बाहेकको प्यालेस्टाइन भूमि इजरायलले अन्यायपूर्वक सैनिक कब्जा गरेर बसेको छ। प्यालेस्टाइनीहरुको स्थिति भने सबै ढोका बन्द गरेर कुटिएको बिरालो बन्न पुगेको छ। प्रतिरोधस्वरुप जारी प्यालेस्टाइनीहरुको सशस्त्र कार्वाही वस्तुत: राष्ट्रीय मुक्ति र न्यायको आन्दोलन बन्न पुगेको छ। यस आधारमा देशभक्त समाजवादी प्रत्यकले प्यालेस्टाइन प्राधिकरण तथा हमासको कार्वाहीलाई न्यायोचित ठहर गरि त्यसको दृढ समर्थन गर्नु पर्दछ।
यध्यपि, युद्वबन्दीहरुप्रति हमास लडाकुहरुको गैरजिम्मेवार व्यवहारको आलोचना पनि गर्नु पर्दछ।
साम्राज्यवादी प्रपञ्च के भने अमेरिका र बेलायतले यहुदीहरुप्रति दयाभाव दर्शाएर ईज्रायलको स्थापना तथा आर्थिक-सैनिक समर्थन गरिरहेका होइनन्। बरु पश्चिम एसिया, जहाँ मुख्यत: मुस्लिम बसोबास छ, युरोपेली-अमेरिकी उपग्रहको रुपमा ईज्रायल खडा गरेका हुन। जसबाट मुस्लिम विश्वलाई ठेगान लगाउदै सम्पूर्ण एसियामाथि हमला गर्न सकियोस्। अन्यथा विश्लेषकहरु भनिरहेछन, जर्मनीमा १ करोड ३० लाख यहुदी बसोबास गरिरहेका थिए, हिटलरको पतनपछि यहुदी राज्यको स्थापना जर्मनीको निश्चित भागमा गरिनु पर्दथ्यो।
यसर्थ व्यवहारिक शैलीहरु जस्तोसुकै भए पनि प्यालेस्टाइनीहरुको प्रतिरोध आन्दोलन एक, देशभक्तिपूर्ण राष्ट्रीय मुक्ति आन्दोलन हो र दुई, पश्चिमा साम्राज्यवाद विरोधी आन्दोलन हो। जसको दृढतापूर्वक समर्थन गर्नु प्रत्यक देशभक्त समाजवादीको वैदेशिक कर्तव्यमा पर्दछ।
Discussion about this post