तेह्रथुम । पर्यटन प्रबर्द्धन तथा नगरवासीको सेवाको लागि तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकाले नगर बस संचालनमा ल्याएको छ ।
नगर बस संचालनको असोज २६ गते नगरप्रमुख अर्जुन माबुहाङले उद्घाटन गरिएको छ । उद्घाटन भएको नगर वस लसुने मंगलबारे मेघा पिगुवा खोला हुँदै म्यङलुङसम्म संचालन हुनेछ ।
अव सो नगर बस प्रत्येक शुक्रवार संचालन हुनेछ । पर्यटकीय जिल्ला तेह्रथुम अनि लालिगुँरास नगरपालिका तिनजुरे मिल्केमा अत्याधिक मात्रामा आउने गरिन्छ । साथै नगरपालिकाबाट सदरमुकाम म्याङ्लुङसम्म पर्यटनको आगमन निक्कै रहेका छन ।
नगर बस उद्घाटनमा नगर प्रमुख उप प्रमुख वडा अध्यक्षहरु साथै यात्रुहरु समेत रहेका थिए ।
Discussion about this post