धरान । नेपाल रन युके र धरान रन समूहको संयुक्त आयोजनामा २१ किलोमीटर इन्टरनेशनल ट्रैल रेस नेपाल दौड प्रतियोगिता हुने भएको छ ।
धरानमा बिहिवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगिता आगामी असोज २७ हुने संपूर्ण तयारी भएको आयोजकले जानकारी दिएको छ ।
धरान १३ स्थित ओशो पुलदेखि शुरु गरी चिन्डे डाडा जाने बाटो हुँदै नेपाल विद्युत प्राधिकरण टावर विष्णुपादुका जाने ओरालो भन्जाङ्ग चोक विष्णुपादुका बृटिस मेमोरियल पार्क पुगिनेछ । त्यहाँबाट फर्केर पुन भन्ज्याङ चौक विष्णुपादुका हुँदै नेपाल विद्युत प्राधिकरण टावर जाने उकालो हुँदै चिण्डे डाँडालाई एक फन्को गरि नेपाल विद्युत प्राधिकरण टावर हुँदै पुनः ओशो पुलसम्म पुगि २१ किलोमीटरको दुरी दौड़ समापन हुनेछ ।
बिदेशी धावकको समेत सहभागी रहने यस ट्रेल रेसका बिजेताले ३० हजार नगद हात पार्ने छ । त्यसैगरी दोस्रो हुनेले २० हजार रुपैया र तेस्रोले १० हजार रुपैया नगद हातपार्ने छ । महिला पुरुष भेट्रान पहिलो हुनेलाई ५ हजार रुपैया पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा १६ वर्षको उमेरदेखी भाग लिन सकिने छ । ४० वर्षमाथि भेट्रान मानिनेछ ।
कार्यक्रम प्रमुख अतिथी धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई रहनेछ । आर्कषण प्रस्तृतिमा दाजिलिङ्ग प्रेरक वक्ता, धावक प्रेमिस भुटिया पनि रहने आयोजकले जनाएको छ ।
Discussion about this post