स्थानीय सरकार धरानले सुँगुरको मासुको मुल्य घटाएको भन्दै मासु पसल अनिश्चितकालीन बन्द

धरान । मासु व्यावसायी संघ धरानले सुँगुरको मासु अनिश्चितकालका लागि बन्द बिक्रीवितरण बन्द गर्ने भएको छ ।

मासु व्यावसायी संघ धरानले सोमबार पत्रकार सम्मेलन गर्दै अनिश्चितकालीन पसल बन्दको आह्वान गरिएको छ । केहिदिन अघि मात्र सुँगुरको मासुको मुल्य प्रति किलो पाँच सय रुपैया कायम गरेका थिए । स्थानीय सरकार धरान उपमहानगरले बिना जानकारी मुल्यबृद्धि गरेको भन्दै छ्लफलमा बोलाएका थिए ।

मासु व्यावसायी संघले जिँउदो सुँगुरको मुल्य बढेकोसंगै व्यावसायमा घाटा रहेकोे भन्दै एकतर्फी मुल्य वृद्धि गरेका थिए । व्यावसायीले यस अघि नै मुल्य वृद्धि गरेका थिए ।

व्यावसायी संघले बिज्ञप्तिमा संघले असोज १७ गते धरान १५ चुमलुङ हिममा बैठक बसि २० गते बाट विधिवत रुपमा मूल्य समायोजन गरि विक्रि वितरण गरिरहेको उल्लेख छ । तर धरान नगर सरकारले मूल्य समायोजनको बारेमा २२ गते छलफल गर्दा एकलौटि रुपमा मूल्य घटाई विक्रि वितरण गर्ने / गराउने निर्णयले सम्पूर्ण मासु व्यवसायीहरुमा प्रत्यक्ष असर परि घाटा व्यहोर्नु परेको जनाएको छ ।

स्थानिय सरकारले संघको निणर्यमा वेवास्था गरेको भन्दै असोज २३ गतेबाट धरान क्षेत्र भित्रका सम्पूर्ण मासु व्यवसायीहरुले व्यवसाय बन्द गरेर सहयोग गर्न/गराउन भनिएको छ ।

पत्रकार सम्मेलनलाई नै आधार मान्दै आन्दोलमा सहभागी हुन आवहान गरिएको छ । आन्दोलनको क्रममा व्यवसाय गरिरहेको पाइएमा संघले कारवाही गर्ने पनि चेतावनी दिएको छ ।तस्बिर : चन्द्र बान्तवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित